दिपेन्द्र ऐरीले ५ विकेट लिंदा प्रदेश-२ बिरुद्ध पुलिस विशाल जित सहित समुह विजेता हुँदै सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ लाई १५६ रनको विशाल अन्तरले पराजित गरेको छ।

समुह ‘बि’ अन्तर्गतको खेल सकिंदा नेपाल पुलिस क्लब ४ खेलमा शत-प्रतिशत जित सहित समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। सोहि समुहबाट ४ खेलमा ३ जित र १ हार बेहोर्दै त्रिभुवन आर्मी क्लब उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो। प्रदेश-२ ले ४ खेलमा २ जित र २ हार बेहोर्दै समुहको तेश्रो स्थानमा रह्यो।

अंकतालिका

यस अघि पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश-१ लाई ७५ रनले तथा आर्मीलाई ५० रनले पराजित गरेको थियो ।

अब पुलिसले सेमीफाइनलमा समुह ‘ए’ को उप-विजेतासंग तथा आर्मीले समुह ‘ए’ को विजेतासंग खेल्नेछ। पहिलो सेमीफाइनल बुधबार र दोश्रो बिहिबार खेलिनेछ।

दिपेन्द्र ऐरीको उत्कृस्ट बलिंग 

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले २९ ओभरमा ९७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Dipendra Airee

प्रदेश-२ लाई सानो योगफलमा समेट्न पुलिस बलर दिपेन्द्र ऐरी एक्लैले ५ विकेट लिए। अफस्पिनर ऐरीले १० ओभरमा १ मेडन ओभर गर्दा २८ रन मात्र खर्चिए। यस्तै देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट ( ६-३-२१-३ ) तथा कुशल भुर्तेल ( ४-०-२०-१ ) र सागर ढकाल ( १-१-०-१ ) ले १/१ विकेट लिए।

प्रदेश-२ को लागि हरिशंकर शाहले सर्वाधिक २९,कप्तान मेहबुब आलमले २१, रभी शाहले १५ तथा सुरज पटेलले १२ रन बनाए।

पुलिसको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो।

पुलिसको लागि अमित श्रेष्ठले सर्वाधिक ५० ( ४२ बलमा ५ चौका र १ छक्का ) बनाए। यस्तै सुनिल धमलाले ४३ ( ७७ बलमा ३ चौका ) , अनिल साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए।

Nepal Police Team
Nepal Police Club Team

प्रदेश-२ को लागि संसाद शेखले ४ विकेट ( १०-०-४१-४ ) , राशिद खानले २ विकेट ( ६-०-४०-२ ) तथा कुमार थापा ( ९-०-५९-१ ) र मेहबुब आलमले ( ३-०-१२-१ ) १/१ विकेट लिए। स्कोरकार्ड 

 





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]