ग्लोबल टि-२० : प्लेअफमा सन्दिप र दिपेन्द्रको टिम विजयी, यस्तो रह्यो दुवैको प्रदर्शन

ग्लोबल टि-२० क्यानडा अन्तर्गत दुई नेपाली खेलाडीहरु सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले राम्रो प्रदर्शनलाई निरन्तरता दिएका छन्।

शनिवार राति सम्पन्न दुईवटा प्लेअफमा सन्दिपको टिम सरे ज्यागुअर्स र दिपेन्द्रको टिम मोन्टरियल टाइगर्स विजयी भएका छन्। पहिलो क्वालीफायरमा भानकुभर नाइट्सलाई ३८ रनले पराजित गर्दै सरे लिगको फाइनल प्रवेश गरेको छ भने टाइगर्सले इलिमीनेटरमा ब्राम्पटन वुल्भ्सलाई ९ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायरमा भानकुभरसंगको भेट पक्का गरेको छ।

पहिलो क्वालीफायरमा सरेले दिएको १४० रनको लक्ष्य पछ्याएको भानकुभरले १६.४ ओभरमा १०१ रनमा सबै विकेट गुमायो। सरेका बलर म्याथु फोर्डले ४ विकेट लिंदा डिल्लोम हेलिगरले २ तथा सन्दिप लामिछाने, स्पेन्सर जोन्सन, अमर खालिद र आयान खानले १/१ विकेट लिए। ब्याटिंगतर्फ सरेका कप्तान इफ्तिखार एहमदले ३६, आयान खानले २९ तथा मोहम्मद हरिसले २० रन बनाए।

सन्दिपको प्रदर्शन 

खेलमा सन्दिपले ३ ओभर बलिंग गर्दा १५ रन खर्चेर १ विकेट लिए। सन्दिपलाई निकै ढिलो बलिंगमा ल्याइएको थियो।

दशौँ ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दीपले कसिलो बलिंग गर्दै मात्र १ रन खर्चिए। पहिलो बलमा कोर्बिंन बोस्चले १ रन लिएपछि बाँकी ५ बलमा नजीबुल्लाह जद्रानले कुनै पनि रन बनाउन सकेनन्।

बाह्रौं ओभरमा दोश्रो ओभर गरेका सन्दिपले रभिन्दरपाल सिंहलाई क्याच आउट पार्दै विकेटको खाता खोले। उक्त ओभरमा सन्दिपले पुनः १ रन मात्र खर्चिए।

पहिलो २ ओभरमा मात्र २ रन खर्चेका सन्दिपको तेश्रो ओभरमा भने  १३ रन बन्यो। चौधौं ओभरमा तेश्रो ओभर गरेका उनको ओभरको दोश्रो बलमा उनले नो बल गरेपछि फ्री हिटमा फाबियन एलेनले चौका प्रहार गरे भने चौंथो बलमा रुबेन ट्रंपलम्यानले छक्का प्रहार गरे।

सन्दिपले ७ खेल खेल्दा कुल ११ विकेट लिईसकेका छन् र जुनैद सिद्दिकीसंगै शिर्ष विकेटकर्ताको सुचीमा तेश्रो स्थानमा छन्। लोगान भान विक र रुबेन ट्रंपलम्यान समान १२ विकेट सहित दोश्रो तथा सरेकै म्याथु फोर्ड १५ विकेट सहित पहिलो स्थानमा छन्।

लिग अन्तर्गत सन्दिपले अघिल्लो खेलमा मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। त्यस अघि ब्राम्प्टन वुल्भ्स विरुद्ध विकेटविहिन रहेका उनले त्यस अघि मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध तथा तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २/२ विकेट लिएका थिए।

https://www.youtube.com/watch?v=gXX-I11F7yk

दिपेन्द्रको प्रदर्शन 

इलिमीनेटरमा ब्राम्पटन विरुद्ध मोन्टरियलले ९ विकेटको जित दर्ता गर्ने क्रममा १०५ रनको लक्ष्य १४.२ ओभरमा १ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच क्रिस लिनले अविजित ६३ रन बनाए भने बलिंगतर्फ कार्लोस ब्राथवेट र आयान अफ्जल खानले २/२ विकेट लिंदा अब्बास अफ्रिदी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

खेलमा दिपेन्द्रले दुईवटा रन आउट समेत गरे। कोलिन डी ग्राण्डहोम र क्रिस ग्रिनलाई विकेटकिपर विजेरत्नेमार्फत ऐरीले रन आउट पारे।

बलिंगतर्फ एक ओभर बलिंग पाएका ऐरीले इनिंग्सको आठौँ ओभरमा ६ रन खर्चिएर मार्क च्यापम्यानको विकेट लिए। ओभरको पहिलो बलमा च्यापम्यानले चौका प्रहार गरेता पनि तेश्रो बलमा उनलाई बोल्ड गर्दै ऐरीले विकेटको खाता खोले। त्यसपछि भने उनले बलिंग पाएनन्। ब्याटिंगमा भने ऐरीले मौका पाएनन्।

प्रतियोगिता अन्तर्गत दिपेन्द्रले पछिल्लो खेलमा भानकुभर नाइट्स विरुद्ध २४ रन बनाएका थिए। त्यसअघि ब्राम्पटन विरुद्धको खेलमा पनि २८ रन बनाएका ऐरी म्याच फिनिसिङ गर्न भने चुकेका थिए। आक्रामक ब्याटिंग नगरेता पनि एक किनारमा विकेट जोगाउदै स्ट्राइक रोटेसन राम्रो गरिरहेका ऐरीले पहिलो खेलमा सरे ज्यागुअर्स विरुद्ध २८ तथा दोश्रो खेलमा भानकुभर नाइट्स विरुद्ध अविजित २२ रन बनाएका थिए भने उक्त खेलमा १ विकेट समेत लिएका थिए।

https://www.youtube.com/watch?v=e-H7oxzNAJ0





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]