दीपेन्द्रले स्कटिस सुपर टी-१० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्कटिस सुपर टी-१० लिगमा आबद्ध भएका छन् ।

उनी यस लिगमा पर्थ रोयल्स टिममा आबद्ध भएका हुन् । यस टिममा दक्षिण अफ्रिकाका ब्याटर रासी भान डर डुसन, डिबाल्ड ब्रेभिस तथा इंग्ल्यान्डका डेबिड मलानआबद्ध रहेका छन् ।

यो लिग १६ अगस्ट देखि १ सेप्टेम्बरसम्म आयोजना हुनेछ । स्कटल्यान्ड क्रिकेट बोर्डको आयोजनामा हुने यस लिगमा राशिद खान, सिकन्दर राजा, नसिम शाह लगायतका चर्चित खेलाडी रहनेछन् ।

प्रतियोगितामा ६ टोलीले कुल ३४ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

दीपेन्द्रको यो तेस्रो विदेशी लिगमा आबद्धता हुनेछ । यस अघि दीपेन्द्रले ग्लोबल क्यानडा लिग तथा युएईमा आयोजना हुने आईएल टी-२० लिगमा सहभागीता जनाईसकेका थिए ।

दीपेन्द्र हाल टी-२० विश्वकपका लागि नेपाली टिमसँगै अमेरिकामा रहेका छन् ।

https://www.youtube.com/watch?v=Y0W4ANUEZck





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]