दिपेन्द्रलाई ग्लोबल आइएमईको प्रायोजन

dipendra airee
  • विकेटनेपाल, ११ फाल्गुन

रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरीलाई ग्लोबल आइएमई बैंकले एक बर्ष प्रायोजन गरेको छ।

क्रिकेट खेलाडी संघ ( सीप्यान ) को पहलमा ऐरीले १ बर्षको लागि ४ लाख रुपैयाँ बराबरको प्रयोजन सम्झौता गरेका हुन्। सम्झौता अनुसार ऐरीलाई बैंकले मासिक २० हजारका दरले कुल २ लाख ४० हजार रुपैयाँ तथा १ लाख ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्नेछ।

Dipendra Airee
Dipendra Airee

बुधबार सम्पन्न एक कार्यक्रमका बीच संझौता पत्रमा बैंकका सीईओ जनक शर्मा र दिपेन्द्र ऐरीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा रास्ट्रिय टिम कप्तान तथा सीप्यानका महासचिब पारस खड्का समेत उपस्थित थिए।

सीप्यानको पहलमा यस अघि बिभिन्न क्रिकेटरहरुले प्रायोजक पाएका छन् जसमा प्रेम तामांग, राजु रिजाल, आरिफ शेख, सुनिल धमला, सन्दिप लामिछाने लगायत रहेका छन्।

यु-१९ रास्ट्रिय क्रिकेट टिमको कप्तान रहीसकेका दिपेन्द्रले रास्ट्रिय टिमको लागि गत बर्ष मार्चमा केन्यासंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यु गरेका थिए। डेब्यु पछि रास्ट्रिय टिममा नियमित खेलाडी बनेका ऐरीले ३ अर्धशतक प्रहार गरेका छन्। गत बर्ष यु-१९ एसिया कपमा भारतलाई पराजित गर्ने क्रममा दिपेन्द्रले उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेका थिए।

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]