दिपेन्द्रलाई ग्लोबल आइएमईको प्रायोजन

२०७४ फाल्गुन ११, शुक्रबार ०९:४२

dipendra airee
  • विकेटनेपाल, ११ फाल्गुन

रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरीलाई ग्लोबल आइएमई बैंकले एक बर्ष प्रायोजन गरेको छ।

क्रिकेट खेलाडी संघ ( सीप्यान ) को पहलमा ऐरीले १ बर्षको लागि ४ लाख रुपैयाँ बराबरको प्रयोजन सम्झौता गरेका हुन्। सम्झौता अनुसार ऐरीलाई बैंकले मासिक २० हजारका दरले कुल २ लाख ४० हजार रुपैयाँ तथा १ लाख ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्नेछ।

Dipendra Airee
Dipendra Airee

बुधबार सम्पन्न एक कार्यक्रमका बीच संझौता पत्रमा बैंकका सीईओ जनक शर्मा र दिपेन्द्र ऐरीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा रास्ट्रिय टिम कप्तान तथा सीप्यानका महासचिब पारस खड्का समेत उपस्थित थिए।

सीप्यानको पहलमा यस अघि बिभिन्न क्रिकेटरहरुले प्रायोजक पाएका छन् जसमा प्रेम तामांग, राजु रिजाल, आरिफ शेख, सुनिल धमला, सन्दिप लामिछाने लगायत रहेका छन्।

यु-१९ रास्ट्रिय क्रिकेट टिमको कप्तान रहीसकेका दिपेन्द्रले रास्ट्रिय टिमको लागि गत बर्ष मार्चमा केन्यासंग बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यु गरेका थिए। डेब्यु पछि रास्ट्रिय टिममा नियमित खेलाडी बनेका ऐरीले ३ अर्धशतक प्रहार गरेका छन्। गत बर्ष यु-१९ एसिया कपमा भारतलाई पराजित गर्ने क्रममा दिपेन्द्रले उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेका थिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy