टिपीएल : वारियर्सको जितमा दिपेन्द्र ऐरिको विस्फोटक इनिंग

  • विकेटनेपाल, मङ्सिर -३ 

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न २ वटा खेलहरुमा लुम्बिनी कासाई र नुसी वारियर्स विजयी भएका छन्।

समुह ‘ए’ अन्तर्गत लुम्बिनी कासाईले दोश्रो जित सहित सेमीफाइनल पुग्ने पहिलो टिम भएको छ।

पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स भैरहवाले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसको लागि सोनु तामांगले विस्फोटक ब्याटिंग गर्दै मात्र २४ बलमा ७ छक्का र २ चौका मदतले ६१ रन बनाएका थिए।

बलिङ्गतर्फ प्लेयर अफ द म्याच समेत चुनिएका लुम्बिनी कासाईका रुपेश कुर्मी एक्लैले ६ विकेट हात पार्दा ४ ओभरमा १ मेडन ओभर सहित २१ रन खर्चिए।

सौरभ खनाल र कुशल भुर्तेल

जवाफमा १४६ रनको लक्ष्य कासाईले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। जितमा ओपनिङ्ग ब्याटिंग गरेका कुशल मल्लले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै राजु साहानीले ३६ रन बनाए।

दिपेन्द्र ऐरिको विस्फोटक इनिंग

दिनको दोश्रो खेलमा नुसी वारियर्सले बुटवल डाइनामाइट्सलाई ४६ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको वारियर्सले १९.२ ओभरमा सबै विकट गुमाएर १५४ रनको योगफल तयार गरेको थियो। वारियार्सको लागि राष्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरिले सर्वाधिक ७० रन बनाउन विस्फोटक ब्याटिंग गर्दै ३५ बलमा ५ छक्का र ७ चौका प्रहार गरे। बलिङ्गतर्फ बुटवलका अभिषेक गौतमले ४ विकेट ( ३.२-०-१७-४ ) लिए।

दिपेन्द्र ऐरिले आफुले पाएको प्लेयर अफ द म्याच ४ विकेट लिएका बिपक्षी टिमका फुच्चे खेलाडी अभिशेख गौतमलाई प्रदान गरे

१५५ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १०७ रन मात्रै बनायो। ओपनर प्रजोल थापाले सर्वाधिक ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले खास योगदान दिन सकेनन्। अघिल्लो खेलमा चम्किएका सौरभ खनाल ( १५ ) र म्रिनल गुरुङ्ग ( ४ ) पनि सस्तोमै आउट भए।

नुसी वारियर्सको लागि कप्तान कुशल भुर्तेलले ४ विकेट ( ४-०-११-४ ) तथा सुनिल पौडेलले २ विकेट हात पारे भने किफायती बलिङ्ग गर्दै दिपेन्द्र ऐरिले विकेट नलिए पनि ४ ओभरमा मात्र ९ रन खर्चिए।

खेलको प्लेयर अफ द म्याच दिपेन्द्र ऐरि चुनिए।

प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा ज्ञानोदय गोल्ड्स र रोयल शंकरनगरले तथा दोश्रो खेलमा मणिग्राम किंग्स र एसआर एनएससीए टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।

नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।

सहभागी ८ टिमहरुलाई दुई समुहमा बिभाजन गिरएको छ जसअन्तर्गत समुह ‘ए’ मा रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा नुसी वारियार्स, मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स र बुटवल डाइनामाइट रहेका छन्।

दुवै समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

सहभागी टिम र खेलाडीहरु

मणिग्राम किंग्स ( मणिग्राम ) – कृष्ण कार्की ( मार्की खेलाडी ) , अमर सिंह राउटेला , लाल बहादुर अधिकारि , कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, सन्दिप रसाइली, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, बिधान सुनार, शुशिल खरेल, कृष्ण भुसाल र भुवन गैरे

लुम्बिनी कसाई ग्ल्याडीएटर्स – महेश पति मिश्र ( मार्की खेलाडी ), भिम सार्की , कुशल मल्ल , मान बहादुर थापा, रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल, नागेश्वर मिर्श, सुनिल धवाल, अमर मिर्श र दिवस सेन्चुरी

रोयल शंकरनगर – सन्दिप सुनार ( मार्की खेलाडी ) , रोहित पौडेल ,शुसान भारी , फैजल खान, विशाल भुसाल, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष् गुरुङ

रोयल च्यालेंजर्स भैरहवा – इख्लाख अहमद ( मार्की खेलाडी ) सोनु तामांग, प्रकाश केसी , रमेस कुर्मी, धिरज साही, गणेश गौडेल, सन्दिप केसि, सिजन मकाजु , रोसन लाल गुप्ता, आसुतोश पासवान, मोईनुद्दीन कजु, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा, रोशन चौधरी

बुटवल डाइनामाइट – सौरभ खनाल ( मार्की खेलाडी ) , प्रदिप ऐरि , साहब आलम, अभिसेख गौतम, राहुल शर्मा, म्रिनल गुरुङ, प्रज्वल थापा , जगत क्षेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, बिकास श्रेष्ठ , केसब पौडेल

एसआर एनएससीए टाइगर्स – शंकर राना ( मार्की खेलाडी ) सागर पुन, निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराइ, दुर्गेश गुप्ता, महेन्द्र सुवेदी, बिबेक शर्मा, आयुस पुर्जा, प्रकाश गिरि, अर्जुन गिरि, दामोदर बस्याल

ज्ञानोदय गोल्ड्स – सन्तोस क्षेत्री ( मार्की खेलाडी ) सुनिल धमला, रोसन क्षेत्री, निर्मल थापा, राहुक बिक, आनन्द कुमार गौड, रमेस ढकाल, देबेन्द्र सोमरे, विशाल सुनार, युवराज सेन, जितेन्द्र सहानी, मनिस पौडेल, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री

नुसी वारियार्स – कुसल भुर्तेल ( मार्की खेलाडी ) , दिपेन्द्र ऐरि, अजय कौसिला, सौरभ भुर्तेल , अर्जुन रायमाझि , सुनिल पौडेल , सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन , बिरेन्द्र ज्ञवालि, महेश राना, अंकित कंडेल , निस्चल पोखरेल, सागर सर्मा , अक्तर हुसेन

(समाचार – तारा पाठकको सहयोगमा तयार पारिएको हो )





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]