दिपेन्द्र ऐरी म्यान अफ द म्याच, यसरी जिताए नेपाललाई

Dipendra Airee
  • विकेटनेपाल, चैत १ 

पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय रास्ट्रको मान्यता पाउने बाटोमा अघि बढेको नेपालको लागि महत्वपूर्ण खेलमा दिपेन्द्र ऐरीले उत्कृस्ट प्रदर्शन गरे।

६ विकेटले पपुवा न्यु गिनीलाई पराजित गरेपछि आजै भइरहेको अर्को खेलमा यदी नेदरल्याण्डले हंगकंगलाई पराजित गरे नेपालले ४ बर्षको लागि एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ। हंगकंग बिजयी भयो भने सातौ स्थानको लागि हंगकंग र नेपाल बीच हुने खेलको बिजेताले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ।

दिपेन्द्रको गजब बलिंग 

जित्नै पर्ने खेलमा टस जितेको नेपालले पपुवा न्यु गिनीलाई थोरै रनमा समेट्न चाहन्थ्यो। नेपालले भनेको जस्तै सुरुवात गर्यो र लगातार विकेट निकाल्यो। सन्दिप लामिछानेले ४ विकेट लिएपछि पपुवा न्यु गिनीका तल्लो क्रमका ब्याट्सम्यानहरुले स्कोर धेरै बनाउने प्रयास गरे। तर दिपेन्द्र ऐरीले अफ-स्पिन बलिंग गर्दै तल्लो क्रमका ४ जना ब्याट्सम्यानहरुलाई छिटो पेभेलियन फर्काउदा पपुवा न्यु गिनीले ११४ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ऐरीले ४.२ ओभर बलिंग गर्दै १४ रन खर्चेर ४ विकेट लिए जुन रास्ट्रिय टिमको लागि उनको उत्कृस्ट बलिंग स्पेल समेत हो।

Dipendra Airee
Dipendra Airee

ब्याटिंगमा पनि उत्कृस्ट 

पपुवा न्यु गिनीको ११५ रन लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानहरुले लगातार सुरुवाती विकेट गुमाउन पुग्यो। ३५ रन बनाउदा ओपनरद्वय ज्ञानेन्द्र मल्ल र अनिल साह आउट भए भने कप्तान पारस खड्का पनि पेभेलियन फर्किंदा नेपाल खराब अवस्थामा पुग्यो।

तर त्यसपछि दिपेन्द्र ऐरीले अविजित अर्धशतक बनाउदै नेपालको जित सुनिस्चित गरे। २३ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका ऐरी ले ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। यस क्रममा उनले आरिफ शेखसंग चौथो विकेटको लागि ६९ रनको महत्वपूर्ण साझेदारी गरे।

Dipendra Airee
Dipendra Airee

रास्ट्रिय टिमको लागि दिपेन्द्रको  यो चौथो र लिस्ट ‘ए’ मा दोश्रो अर्धशतक हो। केन्यासंग २०१६ मा ऐरीले नेपालमै भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा ६२ रन बनाएका थिए। त्यसपछि बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स कपमा उनले बंगलादेश ( यु-२३ ) र हंगकंगसंग अर्धशतक बनाएका थिए।

Dipendra Airee , Rohit Poudel
Dipendra Airee , Rohit Poudel




थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]