दिपेन्द्र ऐरी पिपुल्स च्वाइस अवार्ड मनोनयनमा, यसरी गर्नुस भोट

२०७४ भाद्र १, बिहीबार ००:००

dipendra airee
  • विकेटनेपाल, भदौ १ 

नेपाल खेलकुद पत्रकार मंचले प्रत्येक बर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा रास्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरी मनोनयनमा परेका छन् l

ऐरीसंगै मानोनयनमा पौडी खेलाडी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ परेका छन् l

यस विधामा बिजेता घोषणा एसएमएस भोटिंग र फेसबुक लाइकको आधारमा गरिन्छ l

कसलाई कसरि भोट गर्ने :- 

दिपेन्द्र ऐरी pulsar<space>DA टाइप गरी ३३१३१ मा एसएमएस पठाउने
गौरिका सिंह  pulsar<space>GS टाइप गरी ३३१३१ मा एसएमएस पठाउने
कान्छीमाया कोजु  pulsar<space>KK टाइप गरी ३३१३१ मा एसएमएस पठाउने
फूपूल्हामू खत्री  pulsar<space>PK  टाइप गरी ३३१३१ मा एसएमएस पठाउने
सुजल श्रेष्ठ pulsar<space>SS  टाइप गरी ३३१३१ मा एसएमएस पठाउने

यस बाहेक THT Live को फेसबुक पेजमा दिपेन्द्र ऐरीको फोटो लाइक गरेर पनि भोट गर्न सकिन्छ l फेसबुकमा ४ वटा लाइक बराबर १ भोट गनिनेछ l लाइक गर्न यो लिंकमा क्लिक गर्नुस 

यस कारण दिपेन्द्र मानोनयनमा 

यसबर्ष मार्चमा केन्यासंग नेपालमै सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका दिपेन्द्र ऐरीले आफ्नो दोश्रो खेलमै नेपाललाई जित दिलाउने क्रममा अर्धशतक ( ५२ रन ) प्रहार गरेका थिए l त्यसलगत्तै बंगलादेशमा भएको एसीसी इमर्जिंग टिम्स कपमा ऐरीले २ वटा अर्धशतक बनाउने क्रममा हंगकंगसंग अविजित ६० रन तथा बंगलादेशसंग ५६ रनको इनिंग खेलेका थिए l

रास्ट्रिय टिममा पर्नु भन्दा अघि २०१६ नोभेम्बरमा श्रीलंकासंग उत्कृस्ट प्रदर्शन गर्नेक्रममा ऐरीले ९० रन बनाएका थिए l उक्त इनिंगको बलमा ऐरीलाई रास्ट्रिय टिममा बोलाइएको थियो l

नेपाली रास्ट्रिय टिमको लागि कुल ५ खेलमा २११ रन बनाउने क्रममा उनले आफुलाई खेल जिताउन सक्ने खेलाडीको रुपमा आफुलाई प्रमणित गरिसकेका छन् l

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy