“सोचमा परिवर्तन आएको छ” दिपेन्द्र ऐरी, यु-१९ टिमको स्वदेश आगमन ( फोटो फिचर )

२०७४ मंसिर २, शनिबार ००:००

  • विकेटनेपाल, मङ्सिर २ 

यु-१९ युथ एसिया कपको पहिलो पटक सेमीफाइनलको यात्रा तथा भारतबिरुद्ध ऐतिहासिक जित हात पारेको नेपाली यु-१९ टिम शनिबार स्वदेश फिर्ता भएको छ। युवा टिम टिम नेपाल एअरलाइन्सको बिमानबाट १०:३५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन गरेको थियो।

नेपाली टिमलाई स्वागत गर्न एअरपोर्टमा क्यानका सीओओ छुम्बी लामा तथा रास्ट्रिय क्रिकेटर शरद भेसावकर पुगेका थिए।

नेपाल फर्केपछि टिम कप्तान दिपेन्द्र ऐरीले नेपाली टिमको सोचमा परिवर्तन आएको र ब्याटिंग पक्ष पहीले भन्दा सुधारिएको प्रतिक्रिया दिएका छन्। टिमको प्रदर्शनले खुसि भएको र टेस्ट रास्ट्रलाई पराजित गर्नु ठुलो उपलब्धि रहेको उनले बताए-

” खुसि लागको छ, धेरै राम्रो खेल्यौ। आफ्नो स्किललाई प्रयोग गर्यौं र म कप्तान हुनाले जिम्मेवारी लिएर खेले”

समुह चरणमा बंगलादेशसंग जित नजिक पुगेर मात्र २ विकेटको हार बेहोरेको नेपालले त्यसपछि भारतलाई १९ रनले तथा मलेसियालाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा गरेको थियो। सेमीफाइनलमा नेपाललाई अफगानिस्तानले ७ विकेटले सजिलै पराजित गरेको थियो।

अफगानिस्तानसंगको हारबारे सम्झेर प्रशिक्षक बिनोद दासले निराशा ब्यक्त गरे । प्रतियोगितामा उत्कृस्ट लयमा रहेको नेपाली टिमले अफगानिस्तानसंग योजना अनुसार खेल्न नसक्नु हारको मुख्य कारण रहेकोमा दासले जोड दिए-

“अफगानिस्तान बलियो टिम थियो। जुन योजना ब्याट्सम्यानहरुको लागि बनाएका थियौं त्यो लागु गर्न सकेनौ”

अफगानिस्तानसंग नेपाली टिमले टस हारेर पहिले ब्याटिंग गर्दै १०३ रन मात्रै बनाउन सकेको थियो।

भारतसंगको जित सम्झदै दासले बंगलादेशसंग जित निश्चित भएको खेल हारेपछि टिमले हार बिर्साउन भारतलाई पराजित गर्ने संकल्प गरेको सम्झिए –

“बंगलादेशसंगको हार बिर्सनु छ भने भोलि भारतसंगको खेल जित्नुपर्छ भन्ने कुरा भएको थियो ड्रेसिंग रुममा। बंगलादेशसंग ९०%  जितिसकेको खेल हारेका थियौ , त्यो खेल हारेपछि हामीले केहि बिशेष गर्नेपर्थ्यो”

भारतसंगको खेल अघि टिमले फिल्डिंग गर्ने योजना बनाएको तर पहिले ब्याटिंग गर्दै टिमले १८६ रन बनाउनु उक्त विकेटमा सहज नरहेको समेत दासले बताए।

नेपाली टिमको सफलता पछिल्लो १ बर्ष देखिको फल रहेको र नेपाली ब्याट्सम्यानहरुले कसरि ब्याटिंग गर्ने कुरामा सुधार गर्दै गएकोमा दासले सन्तुस्टी ब्यक्त गरे ।

भारत र बंगलादेशजस्तो टिमलाई एकै हफ्तामा पराजित गर्ने युवा टिम हालसम्मकै उत्कृस्ट नेपाली यु-१९ टिम मध्ये रहेको बताउने दासले प्रतियोगितामा खेलाडीहरुलाई प्राकृतिक रुपमा खेल्ने स्वतन्त्रता दिएको बताए।

क्रिकेट संघ नभएको अवस्थामा उनले युवा खेलाडीहरुलाई आफ्नो पहलमा भारत, मलेसिया र बंगलादेशमा खेल्ने बातावरण मिलाउने पहल भइरहेको योजना समेत बताएका छन्।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy