दीपेन्द्र र सन्दीप सम्मिलित भेनकुवरको पहिलो जित

काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले सान्त्वना जित निकालेको छ ।

लिग चरणको अन्तिम खेलमा पहिलो जित निकाल्ने क्रममा भेनकुवरले मोन्ट्रियल टाइगर्सलाई पराजित गरेको हो ।

भेनकुवरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको थियो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भेनकुवरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भेनकुवरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९, कप्तान उस्मान ख्वाजाले ३१, रिचि बेरिङ्टनले १७, आसिफ अलिले ६ रन जोडे । नेपाली अलराउन्डर दीपेन्द्र भने शुन्य रनमा अविजित रहे ।

टाइगर्सका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा अल आउट हुदै मात्र १ सय ९ रन बनाएको थियो ।

भेनकुवरको जितमा सन्दीपले ३.२ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । सन्दीपले सर्वाधिक ३० रन बनाएका टाइगर्सका अजमतुल्लाह उमरजाईलाई ३० रनमा आउट गराए । दोस्रो विकेटका रुपमा जाहुर खानलाई ३ रनमा आउट गराए । बलिङको अवसर पाएका दीपेन्द्रले १ ओभरमा १२ रन खर्चिएर कुनै विकेट लिन सकेनन् ।

भेनकुवरले ६ टोली सहभागी प्रतियोगितामा ३ अंकका साथ अंक तालिकाको पुछारमा रहेर लिग सकाएको छ ।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]