सन्दीप र दीपेन्द्रआबद्ध टोलीको खेल आज पनि

HARARE, ZIMBABWE - JULY 02: Dipendra Airee and Sandeep Lamichhane of Nepal celebrate victory in the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 Playoff match between Nepal and United Arab Emirates at Takashinga Cricket Club on July 02, 2023 in Harare, Zimbabwe. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको तेस्रो खेल आज (आइतबार) हुदैछ ।

नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्ससँग खेल्दैछ । खेल क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शनिबार बेलुका पौने नौबाट सुरु हुदैछ ।

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्स पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग तथा दोस्रो खेलमा बंग्ला टाइगर्ससँग पराजित भएको थियो । पहिलो खेलमा सन्दीपको अलराउन्ड प्रदर्शन भए पनि टोलीलाई जिताउन भने सकेका थिएनन् ।

दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्समा उस्मान ख्वाजा, मोहम्मद अमिर लगायत खेलाडी छन् । दीपेन्द्र दोस्रो पटक यस लिग खेल्दैछन् भने सन्दीपले लिगका सबै संस्करण खेलेका छन् ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]