ग्लोबल टि-२० क्यानडा : दोश्रो खेलमा दिपेन्द्रले पाएनन् मौका

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा मिसीसागा प्यान्थर्स विरुद्ध टस जितेर फिल्डिंग रोजेको मोन्टरियल टाइगर्सले नेपाली अलराउण्डर दिपेन्द्र ऐरीलाई अन्तिम एघार बाहिर राखेको छ।

लिगको अघिल्लो खेलमा सरे ज्यागुअर विरुद्ध डेब्यु गरेका दिपेन्द्रले प्रभावशाली ब्याटिंग गर्ने क्रममा २२ बलमा २ चौका मद्दतले २८ रन बनाएका थिए। जितमा महत्वपूर्ण योगदान दिएता पनि उनले दोश्रो खेलमा भने मौका पाएनन्।

मोन्टरियल टाइगर्सले अन्तिम एघारमा लेग स्पिन अलराउण्डर म्याथु स्पर्सलाई मौका दिंदै ऐरीलाई बाहिर राखेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy