दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा नेपालको सहज जित

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङको सहयोगमा ओमानमा जारी रहेको एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पराजित गरेको छ ।

ओमानको मस्कटमा भएको खेलमा नेपाल ३२ रनले विजयी भयो ।

नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।

कतारका लागि कप्तान मुहमद तानबिरले ६३ रनको ईनिगं खेले । ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । तीन पटक जीवनदान पाएका आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरे ।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रले बिस्फोटक ईनिङ खेल्दै एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । हर्शेल गिब्स, युवराज सिंह, किरन पोलार्ड र जसकरन मलहोत्राले यस अघि एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए ।

तेस्रो विकेटका लागि शेख र मल्लले ५३ रनको साझेदारी गरेका थिए । कप्तान रोहितकुमार पौडेलले १७ बलमा १८ तथा कुशल भुर्तेलले ११ बलमा १२ रन बनाए । कतारका लागि हिमाशुं राठौर र मुसावर शाहले समान तीन तीन तथा अमिर फरिकले एक विकेट लिए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]