दिपेन्द्र र भीम सहित ४ क्रिकेटरलाई सुदूपश्चिम सरकारले नगद सहित सम्मान गर्ने

२०७९ चैत्र ४, शनिबार १४:२३

सुदूरपश्चिम सरकारले क्रिकेटर दीपेन्द्र सिंह ऐरी र भीम सार्की सहित ४ राष्ट्रिय क्रिकेटरलाई सम्मान गर्ने भएको छ ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका ऐरी र सार्की सम्मानित हुने भएका हुन् ।

प्रदेश सरकारले दीपेन्द्र र भीमलाई जनही २ लाख, सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिने घोषणा गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy