ग्लोबल टि-२० क्यानडा : तेश्रो खेलमा अन्तिम-एघारमा फर्किए दिपेन्द्र

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत भानकुभर नाइट्स विरुद्ध लिगमा आफ्नो तेश्रो खेल खेलीरहेको मोन्टरियल टाइगर्सले पुनः नेपाली अलराउण्डर दिपेन्द्र ऐरीलाई अन्तिम एघारमा मौका दिएको छ। खेलमा टाइगर्सले टस ज्तिएर फिल्डिंग रोजेको छ।

लिगको पहिलो खेलमा सरे ज्यागुअर्स विरुद्ध २८ रन बनाउदै प्रभावशाली प्रदर्शन गरेका ऐरीलाई दोश्रो खेलमा बेन्चमा राखिएको थियो। तेश्रो खेलमा पुनः ऐरीले अन्तिम एघारमा पुनरागमन गरेका हुन्।

दिपेन्द्र पहिलो पटक विदेशी फ़्रेन्चाइज् लिग खेलीरहेका हुन्।

मोन्टरियल टाइगर्सले लिगमा यस अघिको दुवै खेल जितेको छ। पहिलो खेलमा सरे ज्यागुअर्स विरुद्ध ५ विकेटको जित दर्ता गरेको उसले दोश्रो खेलमा मिसीसागा प्यान्थर्सलाई ७ विकेटले पराजित गरेको थियो। आज जित दर्ता गरे टाइगर्स अंकतालिकाको शिर्षमा उक्लनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy