दिपेन्द्रको बिष्फोटक इनिंग र शरदको समझदारीमा नेपालको शानदार जित

Sharad Vesawkar

आईसीसी विश्वकप छनौट खेल्न जिम्बाबेमा रहेको नेपाली टोलिले पहिलो अभ्यास खेलमा युएई विरूद ५ विकेटको शानदार जित दर्ता गरेको छ। नेपालको जितमा शरद भेषवाकरले अविजित ४१ रन जोडे।

पहिले ब्याटिंग गर्दै युएईले दिएको १७२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपाली टोलिले बिष्फोटक सुरुवात गरेको थियो। ओपनर ज्ञानेन्द्र मल्लले पहिलो ओभरमा नै ३ वटा चौका प्रहार गर्दै १२ रन जोडेर चेज सुरु गरे। दिलिप नाथले पनि पहिलो बलमानै चौका प्रहार गरेपनि दोस्रो बलमा एलबिडब्लु धरापमा पर्दै पहिलो विकेट स्वरूप पभेलियन फर्किए।

अर्का ओपनर ज्ञानेन्द्र मल्लले पनि पहिलो ओभरको १२ रन बाहेक थप रन जोड्न सकेनन्। युएईका आमिर हयातले दुवै ओपनरलाई पभेलियन फर्काउँदा नेपालको स्कोर २१/२ रहेको थियो। त्यसपछि अनिल कुमार साह र पारस खड्काले नेपालको चेजलाई अघि बढाउंदै तेस्रो विकेटका लागि १८ रनको साझेदारी गरे। तर व्यक्तिगत ११ रन जोडेका अनिल मोहम्मद नविदको बलमा बोल्ड हुँदै तेस्रो विकेट स्वरूप पभेलियन फर्किए।

Dipendra Airee
दिपेन्द्र ऐरीले आक्रामक ब्याटिंग गरे 

त्यसपछि ब्याटिंग गर्न आएका शरद भेषवाकरले पारससंग चौथो विकेटका लागि ३० रनको साझेदारी गर्दै खेललाई नेपालतर्फ फर्काए। पारसले रोहन मुस्तफाको बलमा आउटहुन अघि २८ रनको योगदान गरे। शरदलाई क्रिजमा साथ दिन आइपुगेका दिपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिंग गर्दै मात्र ३२ बलमा ४ चौका र १ छक्का सहित ४१ रन जोड्दै आउट भए।

शरदले खेलमा अविजित ४१ रन बनाए भने अरिफ शेखले अविजित १५ बलमा २ चौका र १ छक्का सहित २३ रन जोडे।

युएईको बलिंगमा अमिर हयातले दुई विकेट लिएपनि जित दिलाउन विफल रहे।

युएईको ब्याटिंग 

बर्षा बाधक बनेको खेलमा युएईले टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको थियो। मैदान हिलो भएका कारण खेल ढिला गरि नेपाली समय अनुसार ४:१५ बाट सुरुभएको थियो। खेल सुरु हुनु अघिनै मैदान बर्षाको कारण प्रभावित भएको थियो र आउटफिल्डमा जम्मा भएको पानी व्यस्थापन गर्न समय लागेकाले खेल पूर्ण निर्धारित समयमा सुरु हुन सकेन । करिब ३ घण्टा ढिलो गरी सुरु भएको खेललाई २९ ओभर प्रति पारी हुने गरी घटाईएको थियो।

२९ ओभरमा छोट्याइएको खेलमा युएईले पहिला ब्याटिंग गर्दै खराव सुरुवात गर्यो। टोलिको खातामा मात्र ५ रन हुँदा व्यक्तिगत ४ रनको स्कोरमा कप्तान रोहन मुस्तफा पभेलियन फर्किए। उनी ललित भण्डारीको बलमा ज्ञानेन्द्र मल्लबाट समातिएका थिए।

ललित भण्डारीले उत्कृस्ट बलिंग गरे

त्यसपछि तिन नंम्बरमा ब्याटिंग गर्न आएका घुलम शब्बेरले अश्फाक अहमदसंग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै युएईलाई खेलमा फर्काए। ३८ बलमा ३२ रनको इनिंग खेल्दै शब्बेर कप्तान पारस खड्काको शिकार बने।

त्यस पछिका थप ३ विकेट युएईले सस्तैमा गुमाउन पुग्यो। ७ बल खेल्दै नयाँ ब्याट्सम्यान रामिज शेहजाद खाता नखोली आउट हुनपुगे। उनि ललित राजबंशीको शिकार बने। नेपाली राष्ट्रिय टोलिमा आफ्नो पहिलो खेल खेलिरहेका राजबंशीले आफ्नो दोस्रो विकेट स्वरूप ओपनर अश्फाक अहमदलाई आउट गरे। अहमदले व्यक्तिगत ४२ रन जोड्न भ्याए। युएईले थप ८ रन जोड्दा शैमन अनवरपनि पभेलियन फर्किए। त्यसबखत युएईको स्कोर ९८/५ थियो।

छैठौ विकेटका लागि भने युएईका मोहम्मद उस्मान र एडनन् मुफ्तीले ६५ रन जोडेपछि युएई पुन खेलमा फर्कियो। उस्मानले व्यक्तिगत २६ रन जोड्दा मुफ्तीले भने २६ बलमा ४ चौका सहित ३७ रन जोड्न भ्याए।

नेपालको बलिंगमा बायाँ हाते पेसर ललित भण्डारीले ४ विकेट चट्काए। आफ्नो ६ ओभरको स्पेलमा ललितले ४० रन खर्चंदा ४ विकेट हात पारेका थिए। उनको नाममा युएईका कप्तान रोहन मुस्तफा सहित शैमान अनवर, मोहम्मद उस्मान र मोहम्माद बुटाको विकेट रह्यो। यसअघि नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट लिग डिभिजन-२ को नेपाली टोलिमा परेका ललितले डिभिजन-२ प्रतियोगितामा खेल खेल्ने भने मौका पाएका थिएनन्।

नेपालको बलिंगमा करन केसीले ३ र राष्ट्रिय टोलिबाट आफ्नो पहिलो खेल खेलेका ललित नारायण राजबंशीले २ विकेट हातपारे। ५ ओभरको स्पेलमा ललितले ३० रन खर्चेर २ विकेट हात पारे।

खेलको फोटोहरु 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]