रोमान्चक खेल जित्दै मोन्टरियल टाइगर्स ग्लोबल टि-२० लिगको फाइनलमा, दिपेन्द्रको लय जारि

सनसनीपूर्ण इलिमीनेटर खेलमा भान्कुभर नाइट्सलाई १ विकेटले पराजित गर्दै नेपाली खेलाडी दिपेन्द्र ऐरीले प्रतिनिधित्व गरिरहेको टिम मोन्टरियल टाइगर्स ग्लोबल टि-२० क्यानडा लिगको फाइनल प्रवेश गरेको छ।

फाइनलमा आज राति ९:४५ बजे ऐरीको टिम टाइगर्सले सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम सरे ज्यागुअर्ससंग प्रतिस्पर्धा गर्नेछ।

भान्कुभरले दिएको १३८ रनको लक्ष्य मोन्टरियलले ३ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेटायो।

९ विकेट गएको अवस्थामा अन्तिम ओभरमा जित्न १५ रन आवस्यक हुँदा शर्फेन रुथरफोर्डले रायन पठानलाई लगातार ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। रुथरफोर्डले ३४ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ४८ रन बनाए।

नेपाली खेलाडी दिपेन्द्र ऐरीले २८ बलमा २ चौका मद्दतले २५ रन बनाए जुन टिमको लागि दोश्रो ठूलो योगदान रह्यो। आयान खानले १८, आन्द्रे रसेलले १७ तथा मुहम्मद वसिमले १३ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा २९ रनमा ४ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका दिपेन्द्रले रुथरफोर्डसंग ४३ रनको साझेदारी गरे। दिपेन्द्र तेह्रौं ओभरमा कोर्बिंन बोस्चबाट बोल्ड भए।

भान्कुभरका बलर जुनैद सिद्दिकीले ४ तथा फाबियन एलेन र कोर्बिं बोस्चले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भान्कुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। उसको लागि मोहम्मद रिजवानले ३८, कोर्बिन बोस्चले ३६ तथा हर्ष ठाकरले २६ रन बनाए। मोन्टरियलका अब्बास अफ्रिदीले ५ विकेट लिए।

दिपेन्द्र ऐरीको ग्लोबल टि-२० क्यानडामा हालसम्मको प्रदर्शन 

कुन रन : १२७ ( खेल : ७ , इन्निन्ग्स : ५ ) , औशत : ३१.७५ , स्ट्राइक रेट : १०३.२५
कुल विकेट : २ ( खेल ७, इन्निन्ग्स : ३ ) , औशत : २१.० , इकोनोमि : ७.०

Vs सरे ज्यागुअर्स : २८ रन ( २२ बलमा २ चौका )
Vs भान्कुभर नाइट्स : अविजित २२ ( २२ बलमा २ चौका ) र १ विकेट ( ३-०-१६-१ )
Vs ब्राम्पटन वुल्भ्स : २८ ( २४ बलमा २ चौका ) , ० विकेट ( २-०-२०-० )
Vs भान्कुभर नाइट्स : २४ ( २७ बलमा ३ चौका )
Vs ब्राम्पटन वुल्भ्स : १ विकेट ( १-०-६-० ) , २ वटा रन आउट
Vs भान्कुभर नाइट्स : २५ रन ( २८ बलमा २ चौका )





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]