ACC U-19 Premier : दिपेशको घातक बलिङ्गमा बहराइन विरुद्ध नेपाल विजयी

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। ​

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो।​ बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश क‌डेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।

नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]