दिपेश एक्लैले ६ विकेट लिंदा प्रदेश-१ को जित, प्रदेश-५ मात्र ५२ रनमै अल-आउट

इनरुवामा दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय लिग ( एमएम कप ) प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न समुह ‘सी’ अन्तर्गतको पहिलो र दिनको एक मात्र खेलमा प्रदेश नम्बर-१ ले प्रदेश नम्बर-५ लाई ६८ रनले पराजित गरेको छ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै प्रदेश-१ ले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-५ ले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो।

प्रदेश-५ को लागि ओपनर बिराट भण्डारीले २८ तथा बिशाल बिक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश-१ को बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेल एक्लैले ६ विकेट लिए जुन क्रममा ७ ओभरमा १ मेडन गर्दै २० रन मात्र खर्चिए। मुकुन्द यादब र मनोज तामांगले समान २/२ विकेट लिए।

प्रदेश-५ का बिक्रम भुसालले ५ विकेट लिए ( फाइल फोटो )

यस अघि प्रदेश-१ ले टस जितेर ब्याटिंग गर्दै ३१.२ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो। उसको लागि फिर्दोश अन्सारीले २३ तथा कप्तान पुस्पा थापा र दिपेश कंडेलले समान २२ रन बनाए। प्रदेश-५ का लेग स्पिनर बिक्रम भुसालले सर्वाधिक ५ विकेट लिए। दुर्गेश गुप्ताले २ तथा कृष्ण कार्की, जितेन्द्र सहानी र अनिल खरेलले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिपेश कंडेल चुनिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने एक मात्र खेलमा प्रदेश-५ र प्रदेश-३ ले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]