अंकतालिकामा क्यानडाको राज, यस्तो छ नेपालको अवस्था

  • विकेटनेपाल – २६ माघ. शुक्रवार 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा शुक्रबार २ वटा खेल सम्पन्न भएका छन्।

आज भएको खेलमा क्यानडाले युएईलाई तथा र ओमानले नेपाललाई पराजित गर्न सफल भए। आजै खेलिनुपर्ने नामिबिया र केन्या बिचको खेल भने बर्षाको कारण स्थगित भएको छ र स्थगित खेल भोलि रिजर्भ डेमा खेलिनेछ।

क्यानडाले आफ्नो पहिलो खेलमा बिहिबार ओमानलाई ८ विकेटले पराजित गरेको थियो भने युएईले केन्यालाई २१८ रनले पराजित गरेको थियो। नेपालले आयोजक नामिबियालाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै २ अंक बटुलेको थियो।

क्यानडा दोश्रो जित सहित ४ अंक बटुली अंकतालिकाको पहिलो स्थानमा रहेको छ भने युएई, नेपाल र ओमान समान १ जित र १ हार सहित २ अंक भएपनि नेट रनरेटको आधारमा दोश्रो, तेश्रो र चौथो स्थानमा रहेको छ।

अंकतालिका – 

क्यानडासंग युएई जवाफ बिहिन

दिनको पहिलो खेलमा क्यानडाले संयक्त अरब एमिरेट्स (युएई) लाई २३ रनको हार चखायो। क्यानडाले दिएको २१० रनको लक्ष्य पिछा गरेको युएई १८६ रनमा समेटिन पुग्यो।

युएईका लागि घुलम शब्बेरले ५५ तथा अस्फाक अहमदले ४२ रन जोडेपनि जितका लागि पर्याप्त भएन। क्यानडाका बलर धिन्दसा, एन दत्त, गुनासेकेरा र नितिश कुमारले समान २-२ विकेट हात पारे।

नितिश कुमारले ६२ रन बनाए

युएईले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछी क्यानडाले मध्यम सुरुवात गरेपनि ठुलो स्कोर बनाउनबाट चुकेको थियो। पहिलो इनिगमा ४ बल अघि अल आउट हुँदा क्यानडाले मात्र २०९ रन जोड्न सक्यो। उसका लागि कप्तान नितिश कुमारले सर्वाधिक ६२ रन जोडे। अघिल्लो खेलमा समेत अर्धशतक बनाएका कुमारले ९३ बलमा ३ चौकाको सहयोगमा ६२ रन बनाएका थिए।

युएईका लागि रोहन मुस्तफाले एक्लै ५ विकेट हात चट्काएका थिए। १० ओभरको स्पेलमा मुस्तफाले ३४ रन खर्चे।

ओमानसंग नेपाल स्तब्ध 

ओमान बिरुद्ध आज भएको खेलमा नेपालले भने ६ विकेटको हार चाख्यो।

नेपालले टस हारेर ब्याटिंग गर्दै दिएको १३९ रनको लक्ष पछ्याउने क्रममा ओमानले २ रनको योगफलमा ओपनर स्वप्निललाई ( १ रन ) गुमाएको थियो। अर्का ओपनर जतिन्दर सिंह ११ औ ओभरमा व्यक्तिगत २४ रन बनाएर सन्दिपको बलमा बोल्ड आउट हुँदा ओमानको स्कोर ३७/२ थियो।

ओमानलाई खेल जिताउने क्रममा भैबभ ३७ रनमा अविजित रहे जुनक्रममा उनले धैर्यतापूर्ण इनिंग खेल्दै ७१ बलमा १ छक्का प्रहार गरे। सुल्तान अहमदले २ चौका मदतले २५ रन बनाए। ओमानले ३५.१ ओभरमानै खेल जित्दै नेपाललाई लगातार तेश्रो खेलमा हार चखाउन पुग्यो।

सन्दिप लामिछानेले १० ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे भने बसन्त रेग्मी र सोमपाल कामिले १/१ विकेट हात पारे।

ओमान क्रिकेट टिम

नेपालको ब्याटिंग

टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात पुनः राम्रो हुन सकेन। ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पाँचौ ओभरमा कालिमुल्लाहको बलमा विकेटकिपर सुल्तान अहमदबाट समातिए । मुल्लाहको बलमा विकेटकिपरबाट समातिएपछि अर्का ओपनर दिलिप नाथ र पारसले दोश्रो विकेटको लागि २८ रन जोडे। ३ चौका मदतले धैर्यतापुर्वक खेलीरहेका दिलिप १५ औं ओभरमा फैज भट्टको शिकार भए। त्यसपछि आएका आरिफ शेख पनि ६ रनमै आउट भए जसको विकेट लगत्तै पारस ( १९ ) ले पनि मैदान छोड्दा नेपालले २३ औं ओभरमा ५६ रन जोड्दा ४ विकेट गुमाईसकेको थियो।

त्यसपछिका ब्याट्सम्यानले पनि सम्झन लायक खेल देखाउन सकेनन्। शरद भेसवाकर (२२), दिपेन्द्र ऐरी (२०), बसन्त रेग्मी (१), रोहित पौडेल (१४), करन केसी (४) र सन्दीप् लामिछाने (०) मा आउट हुँदा सोमपाल कामिभने १७ रनमा अविजित रहेका थिए।

ओमानका लागि खालिमुल्लाहले ४ विकेट लिन १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए । बिलाल खानले २ विकेट लिदा भुट, अलि र ओदेद्राले समान १/१ विकेट हात पारे।

आगामी खेलहरु :- 

शनिबार – नामिबिया Vs केन्या
आइतबार – क्यानडा Vs केन्या , नामिबिया Vs ओमान , नेपाल Vs युएई





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]