सकियो घरको तयारी

  • विकेटनेपाल, माघ १२- शुक्रबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को लागि नेपालको स्वदेशको तयारी सकिएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली टिमले अन्तिम तयारी स्वरूप ‘म्याच सिनारियो’ अभ्यास गर्यो।

बिहिबार अभ्यासको क्रममा ब्याटिंग गर्दै पारस खड्का

फेब्रुअरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले युएई भ्रमण गर्नेछ। शनिबार ( जनवरी २७ ) साँझ टिम युएई अभ्यास भ्रमणको लागि प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणमा टिमले स्थानीय टिमहरुसंग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ जसपछि फेब्रुअरी ४ तारिकमा उतैबाट नामिबियातर्फ लाग्नेछ। युएईमा अभ्यास गर्ने टिमहरु स्तरीय हुने प्रशिक्षक जगत टमाटाले बताएका छन्।

अभ्यासको अन्तिम दिन विकेटनेपालसंग कुरा गर्दै कप्तान पारस खड्काले पाएको सुबिधा अनुसार राम्रो तयारी गरेको र प्रतियोगितामा राम्रो नतिजा ल्याउनेमा विश्वास ब्यक्त गरेका छन्। टिमलाई सघाउन आएका भारतीय प्रशिक्षक सुलक्षण कुल्कर्नीको उपस्थितिले रणनीतिक रुपमा टिमलाई धेरै सहयोग पुगेको र उनको क्रिकेटको ज्ञानले आफु प्रभावित भएको समेत बताए। प्रतियोगितामा टिमको सफलतामा ब्याटिंगले महत्वपूर्ण भूमिका खेल्ने तथ्य स्वीकार्दै पारसले सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्नुपर्ने कुरामा पनि जोड दिए।

प्रतियोगिताको लागि बिहिबार अन्तिम १४ जनाको नाम सार्वजनिक गरिएको छ जसमा रोहित पौडेल र अनिल साह पहिलो पटक अटाएका छन्। यु-१९ रास्ट्रिय क्रिकेट टिम , एभरेस्ट प्रिमियर लिग तथा बन्दसत्रमा राम्रो प्रदर्शन पछि युवा खेलाडीले रास्ट्रिय टिमको प्रतिनिधित्व गर्ने मौका पाएका हुन्।

नेपाली टिम

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

बिश्व कप छनौट खेल्ने ८ टिम तय भैसकेको छ भने बाँकी २ टिमको निर्क्योल नेपाल लगायत ६ रास्ट्र सहभागी हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ बाट हुनेछ। बिश्वकप छनौट प्रतियोगितामा उत्कृस्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। 

नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

सम्बन्धित :- 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]