उपाधिको लागि नेपाल र युएई खेल्दै, जित/हार यसकारण महत्वपूर्ण

nepal vs uae
  • विकेटनेपाल – ३ फाल्गुन, बिहिवार

नामिबियामा जारि आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को उपाधिका लागि आज नेपालले संयुक्त अरब एमिरेट्स (युएई) को सामना गर्दैछ। विन्डहोइक मैदानमा नेपाली समय अनुसार दिउसो १:३० बजे बाट खेल सुरुहुनेछ।

प्रतियोगिताको शिर्ष दुईमा पर्दै नेपाल र युएईले, जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटका लागि बाटो खुल्ला गरिसकेका छन्। नेपाली टोलि डिभिजन १ मा बढुवा समेत भएको छ। आजको खेलले भने प्रतियोगिताको बिजेता र उपविजेताको टुंगो लगाउनका साथै मार्चमा जिम्बाबेमा हुने एक दिवसिय विश्वकप छनौटमा कुन समुहमा पर्ने निर्धारण समेत गर्नेछ।

अंकतालिकामा शिर्ष स्थानमा रहने क्रममा नेपालले ५ खेलबाट ४ मा जित तथा १ हार सहित ८ अंक जोड्न सफल भयो। यता दोस्रो स्थानको युएईले भने समान ५ खेलबाट ३ मा जित र २ मा हार सहित ६ अंक बटुल्न सक्यो। समान जित सहित क्यानडा र नामिबियाको पनि ६-६ अंक भएता पनि रन रेटका आधारमा युएईले दोस्रो स्थान पाउन सफल भयो।

जिते कुन समुह हारे कुन समुह ?

आज हुने युएई र नेपाल बिचको खेलले आगामी मार्चमा जिम्बावेमा हुने आइसीसी विश्वकप छनौटको समूह निर्धारण गर्नेछ। बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (  समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

यसअघि नै समुह “ए” मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी सामेल छन्। आजको फाइनल खेलको बिजेताले समुह “ए” मा स्थान बनाउने छ। यस्तै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। आजको खेलको उपविजेताले यो समूहमा स्थान बनाउनेछ।

नेपाल र युएईको यसअघिको भेट 

नेपाल र युएई बीच ५ दिन अघि मात्र यसै प्रतियोगिताको समूह चरणमा भेट भएको थियो। त्यस खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। टस जित्दै नेपालले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको युएईले ११४ रन मात्र जोडेको थियो।

नेपालका लागि सोमपाल कामीले ४ तथा सन्दिप लामिछानेले ३ विकेट लिएका थिए। जवाफमा नेपालले ६ विकेट गुमाउँडदा लक्ष्य भेट्टाएको थियो। नेपालका लागि कप्तान पारस खड्काले म्यान अफ द म्याच बन्ने क्रममा ५१ रन बनाएका थिए।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]