सुरु हुँदै नेपालको डिभिजन-२ तयारी

  • विकेटनेपाल, १८ पौष

फेब्रुअरीको दोश्रो साता देखि नामिबियामा सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को लागि नेपाली टिमले तयारी थाल्ने भएको छ।

फेब्रुअरी ८ देखि १५ सम्म संचालन हुने ( मितिले आधिकारिकता पाएको छैन ) भनिएको डिभिजन-२ को लागि नेपाली टिमले जनवरी ५ ( पौष २१ ) देखि तयारी थाल्ने योजना बनाएको प्रशिक्षक जगत टमाटाले विकेटनेपाललाई जानकारी गराएका छन्।

“हामीले आईसीसीलाई जनवरी ५ देखि तयारी सुरु गर्न पत्राचार गरिसकेका छौँ र आज भोलिमा आईसीसीको निर्णय आउनेछ”

बन्दसत्रको लागि २२ सदस्यीय टिमको चयन गरिसकीएको र त्यसको लागि पनि आईसीसीको सहमतिको प्रतिक्षा रहेको टमाटाले बताए। टमाटाका अनुसार टिमको छनौट च्याम्पियनसिपकै प्रदर्शनको आधारमा गरिएको तथा इपिएल टि-२० मा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत प्रारम्भिक टिममा समावेश गरिएको छ।

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन्।

Jagat Tamata

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपाल संगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

तयारीको लागि दक्षिण अफ्रीका जान सक्ने 

नामिबियामा हुने डिभिजन-२ को तयारीको लागि नेपाली टिमले दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्न सक्नेछ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार नेपालले प्रतियोगिता अघि १० दिने दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्नेछ। आईसीसीको सहमति पछि दक्षिण अफ्रीका भ्रमण पक्का हुनेछ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]