डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिगको उपाधि 

पहिलो संस्करणको गोदावरी स्टील्स कर्पोरेट क्रिकेट लिग टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि डोग्मा ग्रुपले जितेको छ।

भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गर्यो।

ललितपुर स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी हुँदै मात्र १ विकेट गुमाएर पुरा गर्यो।

डोग्माको लागि ओपनर आश्रय बस्नेतले अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७ रन बनाए जुन क्रममा उनले मात्र २४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। कप्तान सुमन सिजापतिले अविजित २७ रन तथा निश्चल रिमालले १३ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्राइमको लागि नितेन मलेगोले २५, कृतार्थ शाक्यले २१, प्रवेश श्रेष्ठले अविजित १६ रन योगदान दिएका थिए। डोग्माको बलिंगतर्फ सगुन खड्का, र सुमन सिजापतिले समान १ विकेट लिए।

आजनै सम्पन्न प्रतियोगिताको सेमीफाइनलमा डोग्माले राष्ट्रिय बाणिज्य बैंकलाई ६ विकेटले पराजित गरेको थियो। दोश्रो सेमीफाइनलमा प्राइमले आईसीएफसी फाईनान्सलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई बुधबार विशेष कार्यक्रम गर्दै पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजक भेट्रान्स फोर्टीका संचालक तथा सचिव अनिल बर्तौलाले जानकारी गराएका छन्। लिगको विजेता र उपविजेतालाई ट्रफी पाउनेछन् । साथै विजेताले भने आगामी संस्कणमा निशुल्क प्रवेश पाउनेछ । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरले थाइल्यान्ड भ्रमणको प्याकेज पाउनेछन् । उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गर्ने छन् ।

चार दिन सम्म चलेको प्रतियोगितामा कुल २० टोलिको सहभागिता रहेको थियो।

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]