डोमिंगो बंगलादेशको प्रशिक्षक नियुक्त, यस्तो छ इतिहास

बंगलादेश क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रसेल डोमिंगो नियुक्त भएका छन्। २ वर्षको लागी शनिवार उनलाई बंगलादेश क्रिकेट बोर्डले उनलाई जिम्मेवारी सुम्पिएको हो।

४४ वर्षीय डोमिंगो यस अघि दक्षिण अफ्रिकी क्रिकेट टिमको प्रशिक्षक रहीसकेका छन्। अगस्ट २१ बाट उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

डोमिंगो सहित बंगलादेश टिमको मुख्य प्रशिक्षक बन्ने दौडमा माइक हेसन र मिकी अर्थर रहेका थिए। हेसन भारतको प्रशिक्षक बन्न पनि अन्तिम सुचीमा रहेका थिए भने अर्थरको भर्खरै पाकिस्तान क्रिकेट टिमको प्रशिक्षक करार सकिएको थियो।

बंगलादेशले विश्वकप २०१९ पछि प्रशिक्षक स्टिभ रोड्सको सम्झौता नवीकरण गरेको थिएन।

“प्रशिक्षक पदको लागि हामिसंग अन्य दावेदारहरु पनि थिए तर हामि लामो योजना भएको प्रशिक्षक चाहन्थ्यौ। डोमिंगोसंग अनुभव छ भने हामि उनको लगाव र प्रशिक्षण सिद्धान्तबाट प्रभावित भएका थियौं। उनिसंग टिमलाई अघि लैजाने स्पस्ट खाका रहेको छ” बंगलादेश क्रिकेट बोर्ड अध्यक्ष नज्मुल हसलले बताए।

बंगलादेश बोर्डले ब्याटिंग प्रशिक्षकको रुपमा निल म्याकेन्जीलाई तथा चार्ल ल्यांगभेल्टलाई पेस बलिंग तथा ड्यानियल भिटोरीलाई स्पिन बलिंग प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। म्याकेन्जी र ल्यांगभेल्ट दुवै दक्षिण अफ्रीकाको प्रशिक्षक स्टाफ रहीसकेका छन्।

को हुन् डोमिंगो

डोमिंगोले दक्षिण अफ्रीकाको जुनियर लेभल क्रिकेट इस्टर्न प्रोभिन्सको लागि खेलेका थिए भने सिनियर टिममा स्थान बनाउन सकेका थिएनन्। त्यसपछि २२ वर्षको उमेरमा उनले प्रशिक्षण योग्यता हाँसिल गरेका थिए। उनले २५ वर्षको उमेरमा इस्टर्न प्रोभिन्सको प्रशिक्षकको रुपमा काम गरे।

सन् २००४ अन्डर-१९ विश्वकपमा उनले दक्षिण अफ्रिकी अन्डर-१९ टिमको प्रशिक्षक पद सम्हालेका थिए। त्यसपछि उनले दक्षिण अफ्रिकी घरेलु क्रिकेटमा प्रशिक्षक पद सम्हाले। त्यो अवधिमा उनले प्रशिक्षक ग्यारी किर्स्टनको ब्याटिंग सहायकको रुपमा पनि काम गरे।

जुन २०११ मा डोमिंगो दक्षिण अफ्रिकी क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका थिए जुन बेला ग्यारी किर्स्टन दक्षिण अफ्रीकाको प्रशिक्षक नियुक्त भएका थिए। २०१२ डिसेम्बरमा डोमिंगो ग्यारी किर्स्टनलाई प्रतिस्थापन गर्दै दक्षिण अफ्रीका टि-२० टिमको प्रशिक्षक नियुक्त भएका थिए। त्यसपछि २०१३ मा उनले सबै फर्म्याटमा किर्स्टनलाई प्रतिस्थापन गरे। २०१७ सम्म उनले दक्षिण अफ्रिकी टिम सम्हाले।

डोमिंगोको प्रशिक्षणमा दक्षिण अफ्रिकी टिमले २०१४ टि-२० विश्वकप र २०१५ एकदिवसीय विश्वकपमा सेमीफाइनलमा स्थान बनाउन सकेको थियो।

“यो मेरो लागि निकै ठुलो सम्मानको विषय हो कि मलाई बंगलादेश राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त गरिएको छ। म बंगलादेशको प्रगति पछ्याईरहेको छ र टिमको उद्देश्य प्राप्तिको लागि काम गर्न निकै उत्साहित रहेको छु। म वर्तमान क्रिकेटरको विकास तथा नयाँ स्टार क्रिकेटर जन्माउनको लागि काम गर्नेछु”

बंगलादेशले आगामी सिरिज अफगानिस्तानसंग सेप्टेम्बरमा खेल्दैछ। अफगानिस्तानसंग एउटा टेस्ट खेलीसकेपछि अफगानिस्तान र जिम्बाबे सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ।

( क्रिकबजको सहयोगमा )

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]