ब्राडम्यानको डेब्यु क्यापले अक्सनमा पायो ४ करोड मूल्य

विश्व क्रिकेटका महान ब्याट्सम्यान सर डन ब्राडम्यानले आफ्नो डेब्यु टेस्टमा लगाएको हरियो क्याप ४,५०,००० अस्ट्रेलियन डलर अर्थात् ४ करोड ३ लाख ३१ हजार नेपाली रुपैयाँमा बिक्रि भएको छ। सर डोनाल्ड ब्राडम्यानले ३० नोभेम्बर १९२८ मा ब्रिसबेनमा इंग्ल्यान्ड बिरुद्ध एशेज सिरिजमा डेब्यु गरेका थिए।

अस्ट्रेलियाका एक व्यवसायीले ब्राडम्यानको क्याप किनेका हुन्। यो क्रिकेटको पुरानो वस्तुको लागि दिईएको दोश्रो धेरै रकम हो। सबै भन्दा धेरै रकम अस्ट्रेलियाकै लेग स्पिनर शेन वार्नको टेस्ट क्यापको लागि दिईएको थियो। यसै वर्ष वार्नको क्याप अर्को अक्सनमा १०,०७,५०० अस्ट्रेलियन डलर अर्थात् ९ करोड २ लाख ९६ हजार नेपाली रुपैयाँमा बिक्रि भएको थियो। कुनै गितारले अक्सनमा त्यति रकम पाएको यो सर्वाधिक रकम बताईएको छ।

ब्राडम्यानको क्याप किन्ने व्यक्ति अस्ट्रेलियन व्यापारी पिटर फ्रिडम्यान हुन् जो ‘रोड माइक्रोफोन’का संस्थापक हुन्। उनले यसै वर्षको सुरुवातमा चर्चित अमेरिकी रक ब्याण्ड निर्भानाका प्रमुख सदस्य कर्टकोबेनले प्रयोग गरेको गितार ९ मिलियन अस्ट्रेलियन डलर अर्थात् ८० करोड ६३ लाख ५८ हजार नेपाली रुपैयाँमा खरिद गरेका थिए।

ब्राडम्यानको क्याप किन्ने व्यक्ति अस्ट्रेलियन व्यापारी पिटर फ्रिडम्यान हुन् जो ‘रोड माइक्रोफोन’का संस्थापक हुन्।

ब्राडम्यानले अस्ट्रेलियाको लागि १९२८ देखि १९४८ सम्म २० वर्षमा ५२ टेस्ट खेलेका थिए जसलाई विश्वकै सबैभन्दा उत्कृस्ट क्रिकेटरको रुपमा चिनिने गरिन्छ। उनि १९४९ मा रिटायर हुँदा उनको ब्याटिंग औशत अपत्यारिलो ९९.९४ को रहेको थियो।

“सर डन ब्राडम्यान अस्ट्रेलियाका लेजेन्ड हुन्।” फ्रिडम्यानले मंगलबार बताए – “खेलकुदको महान प्रतिभा मात्रै हैन उनि अस्ट्रेलियाको चिनारी हुन् भने अस्ट्रेलियाको मजबुती र धैर्यताको प्रतिक पनि हुन्।”

“मसंग रोचक योजना गरेको छ। म क्याप लिएर देशभर घुम्नेछु र यसलाई स्पोर्ट्स फ्यान र क्रिकेट समुदायमाझ पुर्याउनेछु।”

ब्राडम्यानको क्याप अक्सनमा राखिनुको पछाडी अपराधिक कारण रहेको छ।

ब्राडम्यानले आफ्नो डेब्यु क्याप आफ्नो साथी पिटर डनहमलाई सन् १९५९ मा गिफ्टको रुपमा दिएका थिए।डनहम एडीलेडमा ब्राडम्यानको छिमेकि रहेका थिए। डनहमलाई यसै वर्ष मे महिनामा ८ वर्षको लागि ठगि गरेको आरोपमा जेल सजाय दिईएको थियो।

डनहमबाट पिंडीतहरुले ब्राडम्यानको क्याप कतैबाट हात पारेपछि उनीहरुले आर्थिक भारमा मद्दत पुग्ने आशामा त्यसलाई अक्सनमा दिएका थिए।

सम्बन्धित :-

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy