यु-१९ विश्वकप : नेपाल पाकिस्तानसंग पराजित

दक्षिण अफ्रीकामा जारि अन्डर-१९ विश्वकप अन्तर्गत नेपालले दोश्रो खेलमा हार बेहोर्ने क्रममा पाकिस्तानसंग ५ विकेटले पराजित भएको छ। पहिलो खेलमा नेपाल न्युजिल्यान्डसंग ६४ रनले पराजित भएको थियो।

बफेलो पार्क मैदानमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ५ विकेट क्षेतीमा ४७.४ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर शम्यल हुसेन र शाहजेव खानले ८० रनको ओपनिंग साझेदारी गरे। दायाँ हाते फास्ट बलर आकाश चन्दले तिन विकेट लिंदै नेपाललाई खेलमा फर्काए। ओपनर हुसेन र खान समान ३७ रन बनाएर आउट भए। आकाश त्रिपाठीले कप्तान साद बागलाई खाता नखोली क्याच आउट पार्दा पाकिस्तानले १०४ रनमा ४ विकेट गुमायो।

पाँचौ विकेटको लागि अजान अवेस र अहमद हसनले ६४ रनको साझेदारी गरे। ४३ औं ओभरमा दिपेश कंडेलले २९ रन बनाएका हसनलाई स्टम्प आउट पारे। तर त्यसपछि अवेसले हारुन अर्शदसंग साझेदारी गर्दै पाकिस्तानलाई जितसम्म पुर्याए। अवेसले अविजित ६३ रन तथा अर्शदले अविजित १५ रन बनाए।

नेपालको बलिंगमा आकाश चन्दले ३ विकेट लिए जुन क्रममा ९ ओभरमा ३४ रन खर्चिए। दिपेश कंडेल र आकाश त्रिपाठीले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनायो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।

एक समय ८० रनमा २ विकेट गुमाएको अवस्थाबाट नेपालले लगातार विकेट गुमाउदा १२७ रनमा ६ विकेट गुमायो। त्यसपछि तल्लो क्रममा दिपक डुम्रे, दिपेश कंडेल, सुबास भण्डारी र आकाश चन्दको योगदानले नेपालले प्रतिस्पर्धात्मक योगफल तयार गर्न सक्यो।

बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए । अहमेद हुसेन र उवइद शाहले दुई दुई तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसान एक/एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानसंग शुक्रबार ( फेब्रुअरी २६ ) प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्स चरण प्रवेश गर्न नेपालले अफगानिस्तानलाई पराजित गर्ने पर्नेछ।

१६ टिम सहभागी प्रतियोगिताको नेपाल रहेको समुह ‘डी’ मा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि प्रत्येक समुहबाट शिर्ष तिन टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछ। सुपर सिक्स चरणमा पुग्ने १२ टिमलाई दुई समुहमा बिभाजन गरेर खेलाइनेछ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]