डीपीएल खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा ज्ञानेन्द्र र सोमपालको टिम

  • विकेटनेपाल – ७ चैत्र, बुधवार

धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। यहि चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

बुधवार जारि गरिएको खेल तालिका अनुसार प्रतियोगितामा पहिलो दिनबाहेक समुह चरणका खेलहरु हरेक दिन दुईवटा हुनेछन्। पहिलो खेल बिहानको ९:०० बजेबाट सुरुहुने छ भने दोस्रो खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ। समुह चरणमा प्रत्येक टोलिले अर्को टोलिसंग एक एकवटा खेल खेल्ने छन्। समुह चरणपछि चैत्र २७ गतेबाट क्वालिफायर र एलिमीनेटरका खेलहरु सुरुहुने छन्। चैत्र २७ मा हुने खेलमा समूह चरणको शिर्ष स्थानको टोलिले दोस्रो स्थानको टोलिसंग पहिलो क्वालिफायर खेल्ने छ। यस्तै सोहि दिन हुने एलिमिनेटरमा समूह चरणको तेस्रो स्थानमा हुने टोलिले चौथो स्थानको टोलिसंग प्रतिस्पर्धा गर्ने छ।

चैत्र २८ मा हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलिले एलिमिनेटरको बिजेतासंग खेल्ने छ। प्रतियोगिताको फाइनल खेलभने ३० चैत्रमा हुँदै छ।

दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुँदैछ। पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन्। कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको छ। यो पटक पछिल्लो सिजनसंग टिमहरुको सम्झौता सकिएका कारण टिमहरुले पहिले टिममा रहेका भन्दा फरक खेलाडीहरु चुनेका छन्।

प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।

डिपिएल -२ का रणनीतिक खेलाडीहरु

गत सिजन बिराटनगर किंग्सको कप्तान रहेका शरद भेसावकर यो पटक व्यक्तिगत कारणले खेल्ने छैनन्। पछिल्लो सिजन धनगढी टिम चौराहाको कप्तानी गरेका पारस खड्का किंग्सको रणनीति खेलाडी हुनेछन्। पारसको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराहा धनगढीको रणनीतिक खेलाडी भने यसपटक सोमपाल कामि हुनेछन्।

रास्ट्रीय टोलिका उप-कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सि वाई सि अत्तरियाले यो पटक दीपेन्द्र सिंह ऐरीलाई रणनीतिक खेलाडीको रुपमा चुनेको छ। यस्तै पहिलो सिजनमा कन्चनपुर आईकनिक्सका कप्तान रहेका बिनोद भण्डारी यसपटक नवप्रवेशी टोलि महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी चुनिएका छन् । रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौचन भने यस सिजनमा पनि रुपन्देहीमानै रहेका छन्।

DPL Final, Biratnagar Kings vs Team Chauraha Dhangadhi
पहिलो संस्करणको फाइनल टिम चौराह धनगडी र बिराटनगर किंग्स बीच खेलिएको थियो

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]