ओमानका राष्ट्रिय क्रिकेटर डीपीएलमा शक्ति गौचनको टिमबाट खेल्ने

  • विकेटनेपाल – ७ चैत्र, बिहिवार

यहि चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपीएलमा सहभागी हुने २ बिदेशी खेलाडीको सार्वजनिक भएको छ।शक्ति गौचन रणनीतिक खेलाडी तथा कप्तान रहने रुपन्देही च्यालेनजर्सले प्रतियोगितामा आफ्नो टोलिमा रहने दुई बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो।

डिपीएलमा प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्ने ब्यबस्था गरेको छ। नियमानुसार बिदेशी खेलाडी सार्वजनिक गर्ने रुपन्देही पहिलो टिम बनेको छ।

च्यालेनजर्सको टोलिमा रहने दुई खेलाडीमा एक भारतीय खेलाडी र एक ओमानका खेलाडी रहेका छन्। भारतका दिपक प्रसाद र ओमानका सुफ्यान मेहमुद डिपिएल दुईमा रुपन्देहि टोलिको हिस्सा रहनेछन्। सुफ्यान ओमानका अन्तर्राष्ट्रिय खेलाडी हुन् भने दिपक प्रसाद भारत, कोलकाताका घरेलु खेलाडी रहेका छन्।

सुफ्यान मेहमुद

ओमानमा जन्मिएका सुफ्यानले ओमानको लागि अन्डर-१७ र अन्डर-१९ तहमा खेल्दै उदाएका क्रिकेटर हुन्। सुफ्यानको जन्म सन् १९९१ मा भएको थियो। दायाँ हाते ब्याट्सम्यान सुफ्यान बायाँ हाते मध्यम गतिका बलर समेत हुन्। ओमानका लागि २ टि-२० अन्तर्राष्ट्रिय खेलिसकेका सुफ्यानले हंगकंग बिरुद्द सन् २०१५ मा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। सन्दिप छनौट भएको क्यारेबीयन प्रिमियर लिग सीपीएलको २०१७ को सिजनको ड्राफ्टमा सुफ्यान पनि परेका थिए तर छनौट भने हुन सकेका थिएनन्।

यस्तै दिपक प्रसाद भने भारतको कलकताका खेलाडी हुन्। घरेलु क्रिकेटमा बंगालको प्रतिनिधित्व गर्ने दिपकले २३ बर्ष मुनिको टोलिमा समेत बंगालको प्रतिनिधित्व गरेका थिए। उनि दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते मध्यम गतिका बलर हुन्।

डिपीएलमा अन्य टिमहरुले आफ्नो टिममा खेल्ने बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैनन्। पारस खड्काको टिम बिराटनगर किंग्सले एभरेस्ट प्रिमियर लिगमा उनको टिम बिराटनगर वारियर्सबाट खेलेका अंशमन रथ र बाबर हयातलाई टिममा समाबेश गर्ने बताईएता पनि घोषणा भने गरिसकेको छैन।

बाबर हयात र अन्शुमन रथ डीपीएलमा बिराटनगर किंग्सको लागि खेल्न सक्ने

डीपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ। चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]