डीपीएलको आम्दानी ३ करोड १२ लाख, यस्तो छ सम्पूर्ण आर्थिक विवरण

  • विकेटनेपाल, बैशाख २५ – मंगलबार

गत बर्ष चैत्र १७ गते देखि चैत्र ३१ गते सम्म संचालित धनगढी प्रिमियर लिग ( डीपीएल ) ले प्रतियोगिता आयोजना गर्दाको सम्पूर्ण आर्थिक विवरण मंगलबार सार्वजनिक गरेको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमाझ सार्वजनिक गरेको विवरण अनुसार आम्दानी र खर्च बराबर देखिएको छ। मुख्य प्रायोजन, सहप्रायोजन, दर्शक लगायतबाट आयोजकले ३ करोड १२ लाख ७६ हजार ८२७ रुपैयाँ आम्दानी गरेको तथा पुरस्कार, मैदान निर्माण, प्याराफिट, अतिथि, अफिसियल, यातायात लगायत बिषयहरुमा ३ करोड १२ लाख ७६ हजार ८२७ रुपैयाँनै खर्च भएको विवरणमा प्रस्तुत गरेको छ।

डिपिएल २ को बिजेता सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहा धनगढी

प्रतियोगिताको बिजेतालाई २५ लाख, उपविजेतालाई १० लाख, तेश्रोलाई ३ र चौथोलाई २ लाख पुरस्कार दिईएको थियो। मुख्य प्रायोजक रुस्लान मार्फत आयोजकले नगद ३५ लाख रुपैयाँ लिएको थियो भने थप ३५ लाख रुस्लानले प्रतियोगिताको प्रमोसनमा खर्च गरेको थियो। यस्तै सह-प्रायोजक र अन्य प्रायोजकहरुबाट आयोजकले ४४ लाख ३५ हजार नगद पाएको थियो।

खर्च विवरण अनुसार सबैभन्दा बढी पुरस्कारमा करिब ५१ लाख खर्च भएको छ भने खाना-बस्नमा करिब १३ लाख, यातायात र अतिथि सत्कारमा करिब १० लाख, खेल मैदान र प्याराफिट निर्माणमा करिब ३० लाख खर्च भएको छ।

आयोजकको तर्फबाट जारि प्रेश बिज्ञप्तीमा प्रतियोगिता आईसीसीको मान्यता, रास्ट्रीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण, अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित एप्लिकेसनमा डिजिटल प्रसारण अधिकार, क्रिकेट जगतमा चर्चित वेबसाइटहरुमा प्रत्यक्ष स्कोर अपडेट लगायत रास्ट्रीय स्तरका पत्रपत्रिकाहरु, वेबसाइटहरु र सामाजिक संजालमा चर्चा तथा समग्रमा दैनिक औसतमा २ करोडले खेलबाट मनोरंजन लिएकोले सफलता प्राप्त गरेको उल्लेख छ ।

 

यस्तो छ प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण

आम्दानी
           
S.No Income Head   Cash Kind Total
1 मुख्य प्रायोजकबाट प्राप्त रकम        3,500,000.00       3,500,000.00        7,000,000.00
2 सहप्रायोजक र प्रबन्धकबाट प्राप्त रकम        4,435,250.00       2,978,065.00        7,119,415.00
3 अन्य प्रायोजकबाट प्राप्त रकम        1,550,000.00          390,000.00        2,233,900.00
टिकटबाट प्राप्त रकम        1,015,850.00          1,015,850.00
5 प्रवेश शूल्कबाट प्राप्त रकम (6*150000)          900,000.00              900,000.00
6 टिमबाट खेलाडी पारिश्रमिक        6,290,000.00                            –        6,290,000.00
7 खेलाडी बिड शुल्क ५℅            126,500.00              126,500.00
8 खेलाडी दर्ता शुल्क (196*1000)          196,000.00              196,000.00
9 ए.पि वान एच.डि. प्रत्यक्ष प्रशारण           4,500,000.00        4,500,000.00
10 विदेशी खेलाडी धरौटि शुल्क (6*200000)      1,200,000.00          1,200,000.00
11 डि.सि.ए. को योगदान            695,162.39              695,162.39
  Total Income      19,908,762.39     11,368,065.00      31,276,827.39

 

खर्च

           
S.No Expense Head   Cash Kind Total
1 नगद पुरस्कार         4,370,000.00            743,900.00     5,113,900.00
2 खाना ,बस्न            880,744.39            456,000.00     1,336,744.39
3 अतिथि सत्कार            235,400.00          235,400.00
4 यातायात            270,830.00            539,750.00        810,580.00
5 अफिसियल खर्च            658,380.00          658,380.00
6 खेल मैदान         1,176,980.00            794,415.00     1,971,395.00
7 प्याराफिट         1,050,000.00       1,050,000.00
     8 ड्रेस                234,000.00        234,000.00
9 खेल सामग्री            141,200.00          141,200.00
10 मेडल, ट्रफी ,छपाई            298,800.00          298,800.00
11 सुुरक्षा            150,000.00          150,000.00
12 प्रचारप्रसार            233,520.00          233,520.00
13 समारोह            589,340.00          589,340.00
14 डिजीटल स्कोेर बोड            230,000.00             300,000.00        530,000.00
15 ब्राण्डिङ्ग डिजाइन            259,400.00             300,000.00        559,400.00
16 पत्रकार सम्मेलन            251,204.00          251,204.00
17 प्रिफ्याव रुम                            –
18 धरभाडा              60,000.00            60,000.00
19 विद्युत तथा विद्युत समाग्री            135,506.00          135,506.00
20 अक्सन            594,154.00          594,154.00
21 विविध              73,025.00            73,025.00
22 ५% इसेवा कमिसन              50,769.00            50,769.00
23 ड्रिम फाप्लालाई (टिकटको २०%)            203,170.00          203,170.00
24 टिकटको ४०% टिमलाई रोयल्टि 67723.33*6          406,340.00          406,340.00
25 प्रहरी कल्याण कोण            100,000.00          100,000.00
26 मुख्य प्रायोजक प्रमोसन             3,500,000.00     3,500,000.00
27 खेलाडी पारिश्रमिक खर्च         6,290,000.00                             –     6,290,000.00
28 प्रत्यक्ष प्रशारण             4,500,000.00     4,500,000.00
29 धरौटि फिर्ता         1,200,000.00       1,200,000.00
  Total Expenses       19,908,762.39       11,368,065.00   31,276,827.39
                                    –  

आयोजकको तर्फबाट जारि प्रेश बिज्ञप्तीमा प्रतियोगिता आईसीसीको मान्यता, रास्ट्रीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण, अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित एप्लिकेसनमा डिजिटल प्रसारण अधिकार, क्रिकेट जगतमा चर्चित वेबसाइटहरुमा प्रत्यक्ष स्कोर अपडेट लगायत रास्ट्रीय स्तरका पत्रपत्रिकाहरु, वेबसाइटहरु र सामाजिक संजालमा चर्चा तथा समग्रमा दैनिक औसतमा २ करोडले खेलबाट मनोरंजन लिएकोले सफलता प्राप्त गरेको उल्लेख छ।

डीपीएलमा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी गरी ६ टोलीले सहभागिता जनाएको थियो। सम्पूर्ण टिमले २ जना बिदेशी खेलाडी अनिवार्य खेलाउनु पर्ने ब्यबस्था गरेको थियो।

प्रतियोगितामा बिदेशी खेलाडीहरुको सहभागीता, घरेलु खेलाडीहरुलाई सबैभन्दा आबश्यक खेल खेल्ने बातावरण, मैदानमा डिजिटल स्कोर बोर्ड, एलईडी टिभी, रिप्ले सिस्टम तथा आन्तरिक तथा बाह्य पर्यटनमा बिकास जस्ता कारणले पनि प्रतियोगिता सफल भएको आयोजक एकेडेमीका अध्यक्ष सुबास शाहीले बताएका छन्।

“आगामी दिनमा थप प्रविधिहरुको प्रयोगमा जोड दिनुका साथै डीपीएल होम एण्ड अवे र डे नाईट खेलिनेतर्फ हाम्रो प्रयास रहने जानकारी गराउदछौ। क्रिकेटका माध्यमबाट धनगढीलाई अन्तर्राष्ट्रिय स्तरको सुन्दर सहर बनाउदै सुदूरपश्चिमको आर्थिक कायापलटको सपना हामीले देखेका छौं। यो सपना साकार धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान बनेसँगै हुनेछ । त्यसैले PPP मोडेलमा फाप्लाको काम अघि बढाउन हामी सरकारसँग जोडदार माग गर्छौं।सम्पुर्ण धनगढीबासीलाई यस अभियानमा गोलवद्ध हुन हार्दिक अपिल गर्दछु।” अध्यक्ष शाहीले बताए।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]