विकेटनेपाल, १६ चैत्र – शुक्रबार | शनिबारबाट धनगढीमा दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को सुरुवात हुँदै छ । देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको ट्रफी समेत शुक्रवार सार्वजनिक भैसकेको छ ।
पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीको सामना गर्दैछ । प्रतियोगिताको अघिल्लो दिन सबै तयारी सकिएसँगै सबै सहभागी ६ टोलिले आफ्नो कप्तानको समेत टुंगो लगाईसकेका छन् । पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन् । कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको हो ।
दोश्रो संस्करणको लागि प्रत्येक टोलीले रणनीतिक खेलाडीहरुको घोषणा गरेका थिए जसमा सीवाईसी अत्तरियाले बाहेक अन्य टिमहरुले उनै रणनीतिक खेलाडीहरुलाई नै कप्तानीको जिम्मेवारी दिएका छन् । सीवाईसी अत्तरियाले भने रणनीतिक खेलाडी दिपेन्द्रसिंह ऐरीको स्थानमा सुबाश खकुरेललाई कप्तानिको जिम्मा दिएको छ । खकुरेललाई अत्तरियाले अक्सन मार्फत रु ८०,००० रुपैयाँमा अनुबन्धन गरेको थियो । सन् २०१७ को डिसेम्बरमा आयोजित एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा दिपेन्द्रसिंह ऐरीले चितवन टाइगर्सको कप्तानी गरेका थिए । उनको कप्तानीमा रहेको चितवनले सो प्रतियोगितामा खराब प्रदर्शन गरेको थियो ।
यीहुन् डिपिएल खेल्ने कप्तान र खेलाडी :
टिम चौराह धनगढी :
- सोमपाल कामी (कप्तान)
- राजेश पुलामी मगर
- आशु कन्दोई
- विजय राना
- योगेन्द्रसिंह कार्की
- ललित भण्डारी
- सोनु तामांग
- शंकर राना
- रबिन्द्रजंग साही
- मोहम्मद संसद शेख
- सुनिल धमला
- महेश अधिकारि
- राजु रिजाल
- रोहन मुस्तफा (युएई)
- पुनित मिश्रा (भारत)
रुपन्देही च्यालेंजर्स :
- शक्ति गौचन (कप्तान)
- जितेन्द्र मुखिया
- सागर पुन
- प्रदिप ऐरी
- प्रकाश जैसी
- कुशल मल्ल
- बिपिन खत्री
- बिक्रम कुमार भुषाल
- मोहम्मद सोनु अन्सारी
- सुशन भारी
- सिद्धान्त लोहनी
- अमरसिंह रौटेला
- दिपेश श्रेष्ठ
- दिपक प्रसाद (भारत)
- सुफ्यान मेहमुद (ओमान)
महेन्द्रनगर युनाइटेड :
- बिनोद भण्डारी (कप्तान)
- करन केसी
- अभिनास कर्ण
- मोहम्मद आरिफ शेख
- नारायण जोसी
- प्रनित थापा मगर
- हरि शंकर साह
- अरुण ऐरी
- भुवन कार्की
- मोहम्मद आशिफ शेख
- रोहित कुमार पौडेल
- रोबिन क्षेत्रि
- दिपेन्द्र चन्द
- पुनित बिष्ट (भारत)
- पुनित मेहरा (भारत)
काठमाडौं गोल्डेन्स :
- ज्ञानेन्द्र मल्ल (कप्तान)
- नरेश बुढाएर
- बिक्रम ठगुन्ना
- ललित राजबंशी
- अमित श्रेष्ठ
- सन्तोष भट्ट
- किशोर महत्तो
- राशिद खान
- संजय श्रेष्ठ
- शाहब आलम
- पुस्प थापा
- भुपेन्द्र थापा
- संजय बस्नेत
- जयकिसन कोल्सावाला (भारत)
- सन्नी पटेल (भारत)
सिवाइसी अत्तरिया :
- सुबाश खकुरेल (कप्तान)
- दिपेन्द्रसिंह ऐरी
- सागर भण्डारी
- प्रेम तामांग
- सन्दीप जोहरा
- कुशल भुर्तेल
- कृष्ण कार्की
- कमलसिंह ऐरी
- बिनोद लामा
- सुवान्कर उराओ
- भुवन केसी
- आकाश थापा
- रोमन बम
- गौरभ चित्कर (भारत)
- बिपिन चन्द (भारत)
बिराटनगर किंग्स :
- पारस खड्का (कप्तान)
- बसन्त रेग्मी
- पृथु बाँस्कोटा
- सुबोध अएर
- पवन सर्राफ
- रामनरेश गीरी
- सौरभ खनाल
- पुरन बि.क
- अभिनास बोहोरा
- दिलिप नाथ
- अनिल कुमार साह
- मन्जित श्रेष्ठ
- फिर्तोष अन्सारी
- बाबर हयात (हंगकंग)
- सुभम कामत (भारत)