डिपिएल: प्लेअफका महत्त्वपूर्ण दुई खेलहरु आज

  • विकेटनेपाल, चैत्र २७ – मंगलबार

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज अर्थात मंगलबार प्लेअफ चरणका दुई महत्त्वपुर्ण खेलहरु हुँदै छन् ।

धनगढीमा जारि प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरु सकिंदा अंक तालिकाको शिर्ष ४ स्थानमा रहेका टिमहरु काठमाण्डौ गोल्डेन्स, टिम चौराहा धनगढी, महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरिया प्लेअफ चरणमा प्रवेश गरेका छन् । यो सँगै शक्ति गौचन कप्तानीको रुपन्देही च्यालेंजर्स र पारस खड्का कप्तानीको बिराटनगर किंग्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत आज हुने पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शिर्ष २ स्थानमा रहेका ज्ञानेन्द्र मल्लको काठमाण्डौ गोल्डेन्स र सोमपाल कामीको टिम चौराहा धनगढी बिहान ९ बजे भिड्ने छन् । आजको खेल जित्ने टिम सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टिमले अझै एक मौका पाउने छ, उसले आजै हुने पहिलो ईलिमिनेटर खेलको बिजेतासँग खेल्ने छ ।

आज दिउसो १ बजे हुने ईलिमिनेटर खेलमा बिनोद भण्डारी कप्तानीको महेन्द्रनगर युनाईटेड र सुबाश खकुरेल कप्तानीको सिवाईसी अत्तरिया भिड्ने छन् । यो खेलमा जित हात पार्ने टिमले  फाइनल प्रवेशको लागि क्वालिफायर २ मा क्वालिफायर १ मा पराजित भएको टिमसँग भिड्नुपर्ने छ भने पराजित भएको टिम प्रतियोगिताबाट बाहिरिने छ ।

क्वालिफायर-१: काठमाण्डौ गोल्डेन्स Vs टिम चौराहा धनगढी, समय बिहान ९:०० बजे

काठमाडौं गोल्डेन्स :

  • ज्ञानेन्द्र मल्ल (कप्तान)
  • नरेश बुढाएर
  • बिक्रम ठगुन्ना
  • ललित राजबंशी
  • अमित श्रेष्ठ
  • सन्तोष भट्ट
  • किशोर महत्तो
  • राशिद खान
  • संजय श्रेष्ठ
  • शाहब आलम
  • पुस्प थापा
  • भुपेन्द्र थापा
  • संजय बस्नेत
  • सुबोध भाटी (भारत)
  • सन्नी पटेल (भारत)

टिम चौराह धनगढी :

  • सोमपाल कामी (कप्तान)
  • राजेश पुलामी मगर
  • आशु कन्दोई
  • विजय राना
  • योगेन्द्रसिंह कार्की
  • ललित भण्डारी
  • सोनु तामांग
  • शंकर राना
  • रबिन्द्रजंग साही
  • मोहम्मद संसद शेख
  • सुनिल धमला
  • महेश अधिकारि
  • राजु रिजाल
  • रोहन मुस्तफा (युएई)
  • पुनित मिश्रा (भारत)

इलिमिनेटर: महेन्द्रनगर युनाईटेड Vs सिवाईसी अत्तरिया, समय दिउसो १:०० बजे

महेन्द्रनगर युनाइटेड :

  • बिनोद भण्डारी (कप्तान)
  • करन केसी
  • अभिनास कर्ण
  • मोहम्मद आरिफ शेख
  • नारायण जोसी
  • प्रनित थापा मगर
  • हरि शंकर साह
  • अरुण ऐरी
  • भुवन कार्की
  • मोहम्मद आशिफ शेख
  • रोहित कुमार पौडेल
  • रोबिन क्षेत्रि
  • दिपेन्द्र चन्द
  • पुनित बिष्ट (भारत)
  • पुनित मेहरा (भारत)

सिवाइसी अत्तरिया :

  • सुबाश खकुरेल (कप्तान)
  • दिपेन्द्रसिंह ऐरी
  • सागर भण्डारी
  • प्रेम तामांग
  • सन्दीप जोहरा
  • कुशल भुर्तेल
  • कृष्ण कार्की
  • कमलसिंह ऐरी
  • बिनोद लामा
  • सुवान्कर उराओ
  • भुवन केसी
  • आकाश थापा
  • रोमन बम
  • गौरभ चित्कर (भारत)
  • बिपिन चन्द (भारत)

 





थप समाचार

एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको विजयी सुरुवात 

धनगढी – लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर […]

धनगढीमा एलपीएलको सातौँ संस्करण सुरु, उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ […]

लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पुरा

कैलाली २० माघ – धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) […]

मिथिला कप : बिराट र मिकु चम्किंदा बजाज युथ सेमीफाइनलमा 

फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै बजाज युथ एकेडेमी, सप्तरी चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको […]

सन्दीपको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको […]

सन्दीप लामिछानेविरुद्धको मुद्धा न्यायाधीश फुयाँलको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयाँलको […]