यी हुन् डिपिएल खेल्ने ६ टोलीका १२ बिदेशी खेलाडीहरु

  • विकेटनेपाल, माघ २७ – धनगढी 

धनगढीमा शनिवार सुरु हुने भनिएको धनगढी प्रिमियर लिग ( डिपिएल ) क्रिकेटको तेस्रो संस्करण बर्षाको कारणले मैदान खेल्न योग्य नभएकाले सोमबारबाट सारिएको छ। यसैबीच प्रतियोगितामा कम्तिमा प्रत्येक टिममा २ बिदेशी खेलाडी हुनुपर्ने नियम अनुसार सम्पूर्ण टिमले आफ्नो बिदेशी खेलाडीको नाम सार्बजनिक गरेका छन्।

धनगढी स्टार्स: रोहन मुस्तफा र अमिर हयात (युएई)

रोहन मुस्तफा

बायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन तथा टि-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्।

पछिल्लो एक बर्ष यता मुस्तफा नेपाली घरेलु लिगहरुमा निरन्तर सहभागीहुँदै आएका छन्। दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा टिम चौराहा धनगढीको प्रतिनिधित्व गरेका मुस्तफाले प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित हुँदै धनगढीलाई प्रतियोगिता जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसक्रममा मुस्तफाले कुल ६ खेलमा ब्याटिंगतर्फ १९८ रन र बलिंगतर्फ ९ विकेट लिएका थिए।

यस्तै गत कार्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समेत मुस्तफाले बुटवल ब्लास्टर्सको प्रतिनिधित्व गरेका थिए।त्यस प्रतियोगितामा उनले ब्याटिंगतर्फ ५ खेलमा २५.४० को औसतमा १२७ रन प्रहार गरेका थिए भने बलिङ्गतर्फ समान ५ खेलमा ६.६५ को उत्कृस्ट इकोनोमीमा ५ विकेट हात पारेका थिए।

मुस्तफाले एभरेष्ट प्रिमियर लिग ( इपिएल ) को अन्तिम संस्करणमा काठमाण्डौ किंग्स ११ को कप्तानी समेत गर्न भ्याए। सो क्रममा टोलीलाई अन्तिम ४ सम्म पुर्याउन मुस्तफाले ब्याटिंगतर्फ ११४ रन तथा बलिङ्गतर्फ ५ विकेट हात पारे।

नेपालका हरेक लिगहरुमा मुस्तफा सोमपाल कामीकै टिम ( चौराहा धनगढी, बुटवल ब्लासटर्स, काठमाण्डौ किंग्स ११ ) मा रहँदै आएका छन्।

आमिर हायात

यस्तै धनगढी स्टार्सले अनुबन्धन गरेका अर्का खेलाडी आमिर हयात बलिंगको कारण चिनिने गर्दछन भने ब्याटिंग समेत गर्ने क्षमता राख्दछन। ९ एकदिवसीय र ४ टि२० अन्तर्राष्ट्रिय खेलको अनुभव भएका उनले नेपाल बिरुद्द भर्खरै सम्पन्न दुवै सिरिजमा ६ खेल खेलेका थिए। ३६ बर्षीय दायाँ हाते तिब्र गतिका बलर उनले सुरुवाती २ एकदिवसीय खेलमा ६० रन खर्चेर ६ विकेट लिएका थिए भने अन्तिम खेलमा विकेट लिन नसक्दा ५१ रन दिएका थिए।

Amir Hayat celebrating wicket against Nepal.

त्यस्तै सुरुवाती टि२० खेलमा १ विकेट लिन ३४ रन खर्चिंदा दोश्रो खेलमा समान १ विकेट लिन २७ रन दिएका थिए। निर्णायक तथा अन्तिम खेलमा मात्र १६ रन दिएर २ विकेट लिएपनि टिमको हार जोगाउन सकेका थिएनन। मुस्तफाले भने प्रतिबन्धका कारण नेपालसंगको सिरिज गुमाएका थिए।

धनगढी स्टार्स : सोमपाल कामी, पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, धिरज शाही र कृष्ण ऐर रहेका छन्।

बिराटनगर किंग्स: अभिनाश यादब र शिभकान्त शुक्ला (भारत)

भारतीयका २ प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन्।

अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिईसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।

बिराटनगर किंग्स : करन केसी, कुशल भुर्तेल, पृथु बास्कोटा, अर्जुन अधिकारी, किशोर महतो, संसाद शेख, राजेश पुलामी, आसिफ शेख, हरिशंकर शाह, सुशन भारि, अमृत गुरुङ्ग, तृत राज दास, सुबाश ऐर,

रुपन्देही च्यालेन्जर्स: बाबर हयात (हंगकंग) र राजा अलि डर (पाकिस्तान)

बाबर हायात 

२७ वर्षीय दायाँ हाते विस्फोटक ब्याट्सम्यान गत सिजन बाबर हायातले डिपीएल पारस खड्का कप्तान रहेको टिम बिराटनगर किंग्सबाट खेलेका थिए। किंग्स प्ले-अफ चरण प्रवेश गर्न असफल रहे पनि हायातले ५ खेलमा कुल १८६ रन बनाउने क्रममा आक्रामक ब्याटिंग गरेका थिए। त्यस क्रममा उनले काठमाडौँ गोल्डेन्ससंग ३३ बलमा ६७ तथा रुपन्देही बिरुद्ध ३५ बलमा ५८ रनको आक्रामक इनिंग खेलेका थिए।

Babar Hayat
Babar Hayat

यस्तै गत वर्ष डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा हायातले चितवन टाइगर्स बिरुद्ध ९० रन बनाउने क्रममा ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए। ईपिएलको २०१७ को सिजनमा हायातनै प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिएका थिए जुन क्रममा उनले ७ खेलमा ३१३ रन बनाएका थिए।

हंगकंग राष्ट्रिय टिमको लागि कप्तानी समेत गरेका उनले राष्ट्रिय टिमको लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। हायातले एकदिवसीयमा ३९ माथिको औशतले ७८४ रन बनाएका छन् भने टि-२० मा २७ को औशतले ५४१ रन बनाएका छन्। टि-२० अन्तर्राष्ट्रियमा एउटा शतक उनको नाम रहेको छ।

राजा अलि डर 

३१ वर्षीय देब्रे हाते ब्याट्सम्यान तथा स्पिनर राजा अलि डर बंग्लादेश प्रिमियर लिगमा गत सिजन राजशाही किंग्सको लागि छनौट भएका थिए। पाकिस्तानको १५ वर्ष मुनि राष्ट्रिय टिमको लागि समेत खेलेका राजाले ढाका प्रिमियर लिग समेत खेलीसकेका छन्। गत वर्ष डिसेम्बरमा सम्पन्न पाकिस्तानको नेसनल टि-२० कपमा राजा लाहोर ब्लुजको लागि खेलेका थिए।

६९ प्रथम श्रेणी खेलमा राजाले २७.७४ को औशतले २९९६ रन बनाएका छन् भने १९ विकेट लिएका छन्। यस्तै ६२ लिस्ट एमा ३८.३६ को औशतले उनले १६८८ रन बनाएका छन् भने ६० विकेट लिएका छन्। यस्तै टि-२० मा ४५ खेल खेल्दा उनले १८.७३ को औशतले ४८७ रन बनाएका छन् भने २८ विकेट लिएका छन्।

रुपन्देही च्यालेञ्जर्स : बसन्त रेग्मीभिम शार्की,  ललित भण्डारी,  प्रदिप ऐरि, पुरन बिक, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की,  सुमित महर्जन, बिनोद भण्डारी, सुरज दराई, अनिल खरेल , शेर मल्ल

सिवाईसी अत्तरिया: सन्नी पटेल र जयकिशन कोल्सवाला (भारत)

सन्नी पटेल : नेपाली घरेलु क्रिकेटमा चलेको नाम सन्नी पटेल कसिलो लेग स्पिन बलिंग र बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा उत्कृस्ट खेलाडी घोषित भएका पटेलले टिमलाई फाइनलसम्म पुर्याउन ब्याटिंगमा कुल १९४ रन तथा बलिङ्गमा १० विकेट लिएका थिए भने काठमाडौँ रोयल्स बिरुद्धको इलिमिनेटर खेलमा ३ विकेट ( ४-०-९-३ ) लिंदै टिमलाई फाइनल पुर्याएका थिए। पिपिएलमा उनले धनगढी ब्लुज बिरुद्ध प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर ९५ रन तथा बिराटनगर टाईटन्स बिरुद्ध ६६ रन बनाएका थिए।

यस्तै काठमाण्डौमा सम्पन्न ईपिएल क्रिकेटमा ५ पारीमा १५० को स्ट्राइकमा ६० रन बनाउनुका साथै ५.१४ को इकोनोमी रेटमा ७ खेलमा १० विकेट समेत लिएका थिए। ललितपुरलाई उपाधी दिलाउन पटेलको समेत प्रदर्शन उत्कृस्ट रह्यो।

Sunny Patel
Sunny Patel

जयकिशन कोल्सावाला : कोल्सावालाले ललितपुरलाई गत सिजनको एभरेस्ट प्रिमियर लिगमा प्लेअफसम्म पुर्याउन ७ खेलमा २२७ रन बनाउदै टिम सबैभन्दा सफल खेलाडी मध्ये आफुलाई उभ्याउन सफल भएका थिए।  यस्तै उनले बरोडाका लागि रणजी ट्रफी खेलिसकेका छन्। विकेट किपरको समेत भूमिकामा समेत रहने कोल्सवालाले भर्खरै सम्पन्न इपिएल क्रिकेटमा ७ पारीमा १८८ रन बनाएका थिए।

Jaykisan KolsawalaJaykisan Kolsawala

सिवाइसि अत्तरिया : दिपेन्द्र सिंह ऐरीसन्दिप जोरा, जितेन्द्र सिंह ठकुरी, भुवन कार्की, दिपेन्द्र रावत, प्रेम तामांग, आदील अन्सारी, रामनरेश गिरि, कमल सिंह ऐरि, शुबेन्दु पाण्डे, खगेन्द्र जोशी, रित गौतम, ज्ञानेन्द्र कुँवर

काठमाडौं गोल्डेन्स: गौरव तोमर र अंकित देबासा (भारत)

गौरव तोमर

तोमर नेपालको घरेलु क्रिकेटमा परिचित नाम हुन्। उनले यसअघि पोखरा प्रिमियर लिगमा हुलास काठमाण्डौ रोयल्सबाट खेलिसकेका छन् भने केहि समय अगाडी सम्पन्न एभरेष्ट प्रिमियर लिगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बाट खेल्दै प्रतियोगिताको उपाधी समेत उचालेका थिए।

Gaurav Tomar
Gaurav Tomar

तोमरले ईपिएलमा आयरल्याण्डका खेलाडी केविन ओ’ब्रायनको कप्तानीमा रहेको काठमाडौं किंग्स एघार बिरुद्द मात्र ३५ बलमा विस्फोटक ब्याटिंग गर्दै अविजित ८० रनको सानदार पारि खेलेका थिए भने पोखरा राइनोज बिरुद्दको खेलमा मात्र ४१ बलमा अर्को विस्फोटक ८२ रन बनाएका थिए। तोमर यस्तै विस्फोटक पारीको कारण चिनिने गर्दछन।

ईपिएलको पत्रकार सम्मेलनमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ललाई अरु टिमले बाह्य देशका खेलाडी ल्याउँदा तपाईहरु किन भारतीय खेलाडी ल्याउनुभएको भन्ने प्रश्नको जवाफमा मल्लले उनीहरु यसअघि नेपालका घरेलु प्रतियोगिता खेलिसकेको र नेपालको बाताबरणमा छिट्टै घुलमिल हुने बताएका थिए। अन्त्यमा मल्लकै कप्तानीमा ललितपुरले उपाधी जित्यो।

Gaurav Tomar ( Pic – Kathmandu Royals Facebook )

अफस्पिन बलिंग समेत गर्नसक्ने तोमरलाई इपिएलमा बलिंग एक्सनका कारण प्रतिबन्ध गरिएको छ। उनले नेपालको घरेलु क्रिकेटमा बलिंग गर्न पाउने छैनन्।

यसपल्ट पनि मल्लले उनै तोमरलाई भित्राएका छन् जो संग नेपालको धेरैनै अनुभव रहेको छ।

अंकित देबासा

काठमाण्डौको दोश्रो बिदेशी खेलाडीको रुपमा भारतको रन्जीट्रफि क्रिकेटको अनुभव बोकेका खेलाडी अंकित देबासा रहेका छन्। झारखण्डको प्रतिनिधित्व गर्ने उनि माथिल्लोक्रममा ब्याटिंग गर्ने क्षमता राख्दछन। ७ प्रथम श्रेणी क्रिकेटको अनुभव भएका अंकितले ६ पारीमा ७७ रन बनाएका छन् भने ७ विकेट लिएका छन्। अफ स्पिन समेत गर्ने उनले ४ टि२० खेलको २ पारीमा १८ रन बनाएका छन्।

सन् २०१७ मा भएको अल-इन्डिया स्पेरी ओम नाथ सुध क्रिकेट प्रतियोगिता अन्तर्गत उनले प्रि-क्वार्टरफाइनलमा १८० रन प्रहार गरेका थिए। मात्र ११८ बलको सामना गर्दा १२ छक्का र १३ चौका हानेका थिए।

काठमाण्डौ गोलडेन्स : ज्ञानेन्द्र मल्लललित राजबंशी, अनिल साह, बिक्रम भुसाल, अबिनभ यादब, राशिद खान, योगेन्द्र कार्की, नन्दन यादब, सोनु तामांग, सुर्य तामांग, मेहबुब आलम, सुधिर चौधरी, बिक्रम ठगुन्ना

महेन्द्रनगर युनाइटेड : मोहम्मद नाबिद ( युएई ) सुब्रमनियन आनन्द ( भारत )

मोहम्मद नाबिद

महेन्द्रनगर युनाइटेडले आफ्नो बिदेशी खेलाडीका रुपमा युएईका तिब्र गतिका बलर मोहम्मद नाबिदलाई नेपाल भित्र्याएको छ। महेन्द्रनगर शरद भेसवाकर कप्तानीमा रहेको छ।

३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने विस्फोटक ब्याटिंग पनि गर्न सक्छन्। युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय नबिदले खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि-२० मा २३ विकेट लिएका छन्।

Mohammad Naveed
Mohammad Naveed ( Photo – Pokhara Paltans )

पोखरा प्रिमियर लिगमा पनि शरद भेसावकरकै टिम पोखरा पल्टन्समा रहेका नबिदले पोखरालाई उपाधी दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। प्रतियोगितामा नाविदले ५ खेलमा १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए भने कुल ७ विकेट लिएका थिए। पिपिएल अन्तर्गत फाइनलमा नावेदले पारस खड्काको चितवन राइनोज बिरुद्द ४ ओभर बलिंग गर्दै मात्र १८ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिंगतर्फ लड़खडाएको ब्याटिंगलाई सम्हाल्न २५ रनको पारि खेल्नेक्रममा १४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

यस्तै लिग चरणको अन्तिम खेलमा पोखरालाई सिधै फाइनल पुग्न थोरै ओभरमा जित्नु पर्ने अवस्थामा काठमाडौँ रोयल्स बिरुद्ध ५ छक्का मद्दतले १५ बलमा ३६ रन बनाएपछि नेट-रन रेटमा अघि रहँदै पोखरा फाइनल पुगेको थियो। उक्त खेलमा बलिङ्गमा पनि उनले २ विकेट ( ४-०-११-२ ) लिएका थिए।

Mohammad Naveed
Mohammad Naveed

यस्तै एभरेस्ट प्रिमियर लिगको गत सिजनमा शरद कप्तानीकै भैरहवा ग्ल्याडीएटर्सबाट खेल्दै नबिदले उत्कृस्ट बलिङ्ग गर्ने क्रममा ६ खेलमा १२ विकेट लिएका थिए। त्यस क्रममा उनले बिराटनगर वारियर्ससंग ४ विकेट लिएका थिए।

सुब्रमनियन आनन्द

भारतीय मुलका सुब्रमानियन आनन्द महेन्द्रनगरको दोस्रो बिदेशी खेलाडीका रुपमा रहेका छन्। आनन्दले यस अघि नेपालमा अर्को टि-२० लिग ( एभरेष्ट प्रिमियर लिग ) काठमाडौं किंग्स एघारका लागि खेलिसकेका छन्।

लेग स्पिन बलिंग र दायाँ हाते बिष्फोटक ब्याटिंग गर्न सक्ने आनन्दले भारतको घरेलु टि-२० लिग ( तामिलनाडु प्रिमियर लिग ) मा तुति प्याट्रीयट्सको प्रतिनिधित्व गरिसकेका छन्।

Subramanian Annand
Subramanian Annand

प्रथम श्रेणी क्रिकेटमा आनन्दको नाममा १२ खेलको १९ इनिंगमा ७०८ रन रहेको छ भने लिस्ट ए क्रिकेटमा उनले ४ खेलमा ६७ रन जोडेका छन्। यस्तै उनले लिस्ट ए क्रिकेटमा नै समान ४ खेलमा ६ विकेट समेत चट्काएका छन्।

एभरेष्ट प्रिमियर लिग अन्तर्गत पछिल्लो सिजन काठमाडौं किंग्स ११ को टोलीबाट मैदान उत्रिएका आनन्दको प्रदर्शन मध्यम रहेको थियो। चितवन टाइगर्स बिरुद्धको खेलमा उनले अविजित ४३ रन (१८ बल, १ चौका, ४ छक्का ) जोड्दै टोलीलाई जित दिलाउँदा खेलको प्लेयर अफ दि म्याच समेत चुनिएका थिए।

महेन्द्रनगर युनाईटेड : शरद भेसवाकर, रोहित पौडेल, अविनाश बोहरा, आरिफ शेख, अमर सिंह रौटेला, सागर ढकाल, सिद्धान्त लोहनी, दिलिप नाथ, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]