डिपिएल – ३ को खेल तालिका सार्वजनिक, पहिलो खेलमा करन र सोमपालको टिम भिड्ने

  • विकेटनेपाल – माघ, १९ शनिवार 

रुस्लान धनगढी प्रिमियर लिग ( डिपिएल ) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

प्रतियोगितामा यस सिजन समेत ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

प्रतियोगिताको तेश्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यसअघि नै मान्यता दिईसकेको छ। यस्तै सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।

यस्तो छ खेल तालिका : 

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिकमा करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन्।

फेब्रुअरी ९ तारिक ( माघ  २६ ) देखि फेब्रुअरी २३ ( फाल्गुन ११ ) सम्म प्रतियोगिता कुल १५ दिन चल्ने छ। त्यस अवधिभर फेब्रुअरी १३ तारिकमा कुनै खेल रहेको छैन भने फाइनल खेलको अघिल्लो दिन फेब्रुअरी २२ तारिकमा च्यारिटी खेल रहेको छ।

उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेलम बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट खेलिनेछ।

DPL - 3 Fixtures
DPL – 3 Fixtures

समुह चरणका अन्तिम २ खेलसंगै दुई क्वालीफायर, एलिमिनेटर र फाइनल खेलभने छुट्टा छुट्टै दिन खेलिने छ। समुह चरणको शिर्ष ४ मा पर्ने टोलि अर्को चरणमा प्रवेश गर्ने छन्। तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् जसको बिजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तालिकाको तेस्रो र चौथो हुने टोलि बिचको एलिमिनेटर बिजेतासंग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

प्रतियोगिता अन्तर्गत यसपटक खेलहरु ड्रिम फाप्ला मैदानमा खेलिनेछन्। यसअघि प्रतियोगिता संचालन हुँदै आएको अञ्चल प्रहरी  मैदानलाई भने बैकल्पिक मैदानको रुपमा तयार गरिने आयोजकले बताएको छ।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]