डिपिएल अक्सन : बिनोद, आरिफ र ललितले पाए सर्वाधिक रकम

  • विकेटनेपाल, पुष २१ 

धनगढी प्रिमियर लिगको अक्सनको पहिलो चरणमा ८१ जना खेलाडीहरुको नाममा बोलि लागेको छ। पहिलो चरणमा हालसम्म २९ जना खेलाडीहरुलाई टिमहरुले खरिद गरेका छन्।

हालसम्म बिक्रि भएका खेलाडीहरु मध्ये बिनोद भण्डारी, ललित भण्डारी र आरिफ शेख सर्वाधिक मूल्यमा बिक्रि भएका छन्। बिनोद भण्डारी र ललित भण्डारीलाई रुपन्देही च्यालेञ्जर्सले तथा आरिफ शेखलाई महेन्द्रनगर युनाइटेडले रु. २ लाख ५० हजारमा खरिद गरेको हो।

अक्सनमा एउटा टिमले ११ जना खेलाडी खरिद गर्न अधिकतम रु. १२ लाख खर्च गर्न पाउदा पहिलो चरणमा रुपन्देही च्यालेञ्जर्सले ९ जना खेलाडी खरिद गर्न ११ लाख ५ हजार रुपैयाँ खर्च गरिसकेको छ। अब रुपन्देहीले ३ जना खेलाडी राख्न मात्र ९५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउनेछ।

कुन टिमले कसलाई कतिमा खरिद गर्यो :- 

काठमाडौँ गोल्डेन्स ( ज्ञानेन्द्र मल्ल )  

बिक्रम भुसाल – १ लाख ६० हजार  , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार

महेन्द्रनगर युनाईटेड ( शरद भेसावकर ) 

अविनाश बोहारा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख

रुपन्देही च्यालेञ्जर्स ( बसन्त रेग्मी ) 

ललित भण्डारी – २ लाख ५० हजार, प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, अनिल खरेल – ३० हजार, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार*

सीवाईसी अत्तरिया ( दिपेन्द्र ऐरि ) 

जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार

धनगढी स्टार्स ( सोमपाल कामि ) 

दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार

बिराटनगर किंग्स ( करन केसी ) 

कुशल भुर्तेल – १ लाख ६० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार

( नोट – * राखेको खेलाडी गोला प्रथाबाट टिमले लिएका हुन् जसको लागि १ भन्दा बढी टिमले अधिकतम मूल्यमा बोलि लगाएका थिए )

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु 

धनगढी स्टार्स – सोमपाल कामि  , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी  , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

अक्सनमा सहभागी खेलाडीहरुले आफ्नो मूल्य ३० हजार न्युनतम राखेका छन् भने टिमले २ लाख ५० हजारसम्म बोलि लगाउन पाउने नियम रहेको छ। २ लाख ५० हजार १ भन्दा बढी टिमले बोलि लगाए गोला प्रथाबाट खेलाडी कुन टिममा जाने चयन गरिन्छ।

धनगढी प्रिमियर लिगले यो संस्करण पनि आफुलाई देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ। यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो। पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशि दिएको हुँदा यो पटक डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्नेछ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]