डिपिएल अक्सनमा महँगो मूल्यमा बिक्ने १० खेलाडीहरु

  • विकेटनेपाल, पुष २१ – शनिवार 

यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न भएको छ।

राजधानीको अन्नपूर्ण होटेलमा सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा लिएका छन्। डिपिएलमा ६ वटा टोलिहरु छन् धनगढी स्टार्स, महेन्द्रनगर युनाईटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेञ्जर्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया रहेका छन्।

डिपिएल अक्सनमा महँगोमा बिक्रि भएका १० खेलाडीहरुको सुची प्रस्तुत गरेका छौ जसले अक्सनमा २ लाख रुपैयाँ भन्दा बढी मूल्य पाएका छन्।

१. बिनोद भण्डारी ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )  

पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन्। भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि  रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए।

२. ललित भण्डारी ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार )  

राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलरलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो। गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए। डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए।

Aairf Sheikh , Binod Bhandari , Lalit Bhandari

३.  आरिफ शेख ( महेन्द्रनगर युनाईटेड, २ लाख ५० हजार ) 

राष्ट्र्यी टिमका नियमित मध्येक्रम ब्याट्सम्यान आरिफ शेखलाई रुपन्देही र अत्तरिया बाहेक अन्य ४ टिमले अधिकतम मूल्यको लागि बोलि लगाएको थियो। गोला प्रथा मार्फत उनि महेन्द्रनगर युनाईटेड टिममा छानिए।

४. ललित राजबंशी ( काठमाडौँ गोल्डेन्स , २ लाख ५० हजार ) 

राष्ट्रिय टिमका नियमित देब्रे हाते स्पिनर ललित राजबंशीलाई अधिकतम मूल्यमा काठमाडौँ गोल्डेन्सले मात्रै बोलि लगाएको थियो। ललितले अन्तिम पटक पनि काठमाडौँ गोल्डेन्सको लागि खेलेका थिए।

Lalit Rajbanshi
Lalit Rajbanshi

५. पवन सर्राफ ( धनगढी स्टार्स , २ लाख ५० हजार ) 

यु-१९ राष्ट्रिय क्रिकेटर पवन सर्राफलाई ३ वटा टिमले बोलि लगाएको थियो। गत सिजन बिराटनगर किंग्सको प्रतिनिधित्व गरेका सर्राफ अफ-स्पिन बलिङ्ग तथा ब्याटिंग समेत बलिङ्ग गर्ने गर्छन्।

६. भिम शार्की ( रुपन्देही च्यालेञ्जर्स , २ लाख ५० हजार ) 

यु-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेर पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै चर्चा कमाएका भिम शार्कीलाई रुपन्देही च्यालेञ्जर्सले २ लाख ५० हजार रुपैयाँ खर्चियो। खेलाडी किन्न अधिकतम १२ लाख रुपैयाँ राखिए पनि २५ प्रतिशत जरिवाना रकम तिर्दै सार्कीलाई रुपन्देहीले टिममा लियो। धेरै टिमले बोलि लगाए पनि गोला प्रथामा उनलाई रुपन्देहीले टिममा भित्र्याएको हो।

Bhim Sharki
Bhim Sharki

७. प्रदिप ऐरि ( रुपन्देही च्यालेञ्जर्स  , २ लाख ४० हजार ) 

ओपनिङ्ग ब्याट्सम्यान तथा विकेटकिपर प्रदिप ऐरिलाई रुपन्देही च्यलेञ्जर्सले २ लाख ४० हजार रुपैयाँ बोलि लगायो। ऐरिले अन्तिम पटक डिपिएलमा पनि रुपन्देहीको प्रतिनिधित्व गरेका थिए।

८. सन्दिप जोरा ( सीवाईसी अत्तरिया , २ लाख ३० हजार )  

यु-१९ राष्ट्रिय क्रिकेटर सन्दिप जोरालाई सीवाईसी अन्य टिम पनि बोलि लगाए पनि अन्ततः सीवाईसी अत्तरियाले २ लाख ३० हजारमा खरिद गर्यो। आक्रामक ब्याटिंग गर्ने जोरा गत सिजन पनि सीवाईसी अत्तरियाबाट खेलेका थिए।

९. रोहित पौडेल ( महेन्द्रनगर युनाईटेड , २ लाख ३० हजार ) 

राष्ट्रिय टिमका युवा ब्याट्सम्यान रोहित पौडेललाई धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडले बोलि लगाएका थिए। पौडेल पछिल्लो सिजन पनि महेन्द्रनगरको लागि खेलेका थिए।

१०. भुवन कार्की ( सीवाईसी अत्तरिया , २ लाख १० हजार ) 

देब्रे हाते स्पिनर तथा अल-राउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो। गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए।

कुन टिमले कसलाई कतिमा खरिद गर्यो :- 

काठमाडौँ गोल्डेन्स ( ज्ञानेन्द्र मल्ल )  

किनेको खेलाडी : ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार  , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र यादब – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार

महेन्द्रनगर युनाईटेड ( शरद भेसावकर ) 

रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहारा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख  , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार, सन्दिप रजाली – ४० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार

रुपन्देही च्यालेञ्जर्स ( बसन्त रेग्मी ) 

भिम शार्की – २ लक्ख ५० हजार,  ललित भण्डारी – २ लाख ५० हजार,  प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार* , सुरज दराई – ३० हजार  , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार

सीवाईसी अत्तरिया ( दिपेन्द्र ऐरि ) 

सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार  , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार

धनगढी स्टार्स ( सोमपाल कामि ) 

पवन सर्राफ – २ लाख ५० हजार,  दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, सुनिल धमला – १ लाख ८० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार, कृष्ण ऐर – ३० हजार

बिराटनगर किंग्स ( करन केसी ) 

कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास, सुबाश ऐर,

( नोट – * राखेको खेलाडी गोला प्रथाबाट टिमले लिएका हुन् जसको लागि १ भन्दा बढी टिमले अधिकतम मूल्यमा बोलि लगाएका थिए )

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु 

धनगढी स्टार्स – सोमपाल कामि  , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी , रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी  , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]