डिपिएल अक्सन पौष १२ गते, खेलाडी दर्ता बुधबार देखि

  • विकेटनेपाल, पौष-३ , मंगलबार 

यही माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म आयोजना हुने धनगढी प्रिमियर लिग ( डिपिएल ) टि-२० क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको लागि खेलाडी दर्ता फर्म पुष ४ गते बुधबार देखि खोलिने भएको छ।

रुस्लान मुख्य प्रायोजक डिपिएलको तेश्रो संस्करण धनगढीको फाप्ला मैदानमा पहिलो पटक आयोजना गरिंदैछ जसको लागि खेलाडीहरुको चयन अक्सनबाट गरिनेछ।

यो पटक अक्सनमा सम्पूर्ण खेलाडीहरुलाई एकै वर्गमा समाबेश गरिने र खेलाडीले फर्म भर्दा रु. ३० हजार देखि २ लाख ५० हजारसम्म आफ्नो बेस प्राइस निर्धारण गर्न सक्ने डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएका छन्। यस अघिको संस्करण डिपिएल अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको थियो। यस्तै पोखरा प्रिमियर लिगको अक्सनमा पनि खेलाडीहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरिएको थियो।

अक्सनमा सहभागी हुन् फर्म भर्नको लागि आवेदकहरुले धनगढी प्रिमियर लिगको वेबसाइट DplOfficial.com लग इन गरि वेवसाइटमा फर्म भरि त्यहाँ दिईएको ई-सेवाको लिंक मार्फत फर्म शुल्क १ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। फर्म भर्ने पौष १० गते रहेको छ।

खेलाडी छनौट गर्न अक्सन पौष १२ गतेनै आयोजना गरिने समेत आयोजकले बताएको छ।

यस्तै प्रतियोगिताको लागि खेलाडी छनौट गर्न ट्यालेन्ट हन्ट पनि गरिने जसको लागि धनगढी क्रिकेट एकेडेमीको कार्यालयमा गएर फर्म भर्न सकिनेछ। ट्यालेन्ट हन्ट पौष ९ गते सोमबार धनगढी क्रिकेट एकेडेमीमा गरिनेछ।

धनगढी प्रिमियर लिगमा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन्। यो पटक सहभागी हुने टोलिहरुको नाम भने सार्वजनिक गरिएको छैन। गत संस्करण प्रतियोगिताको उपाधि सोमपाल कामि कप्तानीको धनगढी टिम चौराहाले जितेको थियो।

डिपिएलको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। नेपाली घरेलु क्रिकेटमा योनै सर्वाधिक प्रायोजन रकम समेत रहेको छ।

आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ। प्रतियोगिताको बिजेताले दोस्रो संस्करणमा नगद २५ लाख प्राप्त गरेको थियो।

पहिलो पटक डिपिएल फाप्ला मैदानमा :

धनगढी प्रिमियर लिगका यस सिजनका खेलहरु ड्रिम फाप्ला मैदानमा खेलाइने भएको छ। यसअघिका दुई सिजन खेलिएको धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई भने वैकल्पिक मैदानमा तयार पारिने समेत आयोजकले बताएको छ। मैदान तयार गर्न १ महिना अघि देखिनै काम थालीसकीएको छ।

धनगढीमा अवस्थित ड्रिम फाप्ला क्रिकेट मैदानले अर्को ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो। निर्माण थालिएको केहि बर्ष बितेपनि पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै फाप्ला मैदानमा साना ठूला प्रतियोगिता खेलाईंदै आएको छ।

सन् २०१४ मा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट समेत फाप्ला मैदानमा संचालन भएको थियो। यस्तै सन् २०७४ को प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत सोहि मैदानमा खेलाईएको थियो।

हरेक बर्ष धनगढी प्रिमियर लिगको टिकट बिक्रिबाट संकलित रकम फाप्ला मैदानको निर्माणमा प्रयोग हुँदै आएको छ। यसबर्ष समेत टिकट बिक्रिबाट संकलित २० प्रतिशत रकम फाप्ला मैदानमा प्रयोग गरिने आयोजकले बताएको छ। प्रतियोगिताका लागि आयोजकले लिग चरणमा    रु.५०, प्ले अफमा रु.७० र फाइनलमा रु. १०० को टिकट जारी गर्नेछ।

“अर्जुन खड्का स्मृति सम्मान र धनगढी क्रिकेट सम्मान” लाई निरन्तरता 

डिपिएलको दोस्रो सिजनबाट सुरुभएको अर्जुन खड्का स्मृति सम्मान र धनगढी क्रिकेट सम्मानलाई तेस्रो संस्करणमा समेत निरन्तरता दिइने भएको छ। “अर्जुन खड्का स्मृति सम्मान” पुरस्कार धनगढी क्रिकेट एकडेमीका करिब ३ वर्ष अगाडी निधन भएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रदान गरिन्छभने “धनगढी क्रिकेट सम्मान” नेपालका पुर्व खेलाडीहरुलाई प्रदान गरिने सम्मान रहेको छ।

अघिल्लो बर्ष आयोजक धनगढी क्रिकेट एकेडेमीले अरुणकुमार अर्याललाई “अर्जुन खड्का स्मृति सम्मान” र राजु खड्कालाई “धनगढी क्रिकेट सम्मानित” विधाबाट सम्मानित गरेको थियो। दुबै समान १/१ लाख रुपैंया र ताम्रपात्रसहित सम्मानित भएका थिए।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]