डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

  • विकेटनेपाल, फाल्गुन ९ – बुधबार 

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ।

लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आबेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो।

खेलाडीहरुलाई ४ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो। बिहान ८:३० बजे देखि सुरु भएको अक्सन दिउँसो करिब २ बजे सकिएको थियो।

dhangadhi premier league dpl auction
Dhangadhi Premier League DPL Auction

‘ए’ श्रेणीको खेलाडीहरु माथि बोलि लगाउदै सुरु गरिएको अक्सनमा बसन्त रेग्मी, करन केसी, आरिफ शेख, सागर पुन सबैभन्दा महँगो १ लाख ५० हजार रुपैयाँमा बिके। रेग्मीलाई पारस खड्का रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले, करन केसी र आरिफ शेखलाई बिनोद भण्डारी रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले तथा सागर पुनलाई शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले खरिद गर्यो।

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल साहलाई समान १ लाख रुपैयाँमा खरिद गर्यो।

१२ खेलाडी किन्न सबैभन्दा कम ७ लाख २० हजार खर्चेको दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई १ लाख रुपैयाँमा तथा सन्दिप जोरालाई ९० हजार र सुबास खकुरेललाई ८० हजार रुपैयाँमा किन्यो। यु-१९ रास्ट्रिय क्रिकेट टिमका सदस्य रहीसकेका शुवांकर उराउलाई च्यालेन्जर्सले ८५ हजार रुपैयाँमा किन्यो।

ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले नरेश बुढाएरलाई सर्वाधिक १ लाख २० हजार रुपैयाँमा तथा ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतो र शाहब आलमलाई १ लाख रुपैयाँमा खरिद गर्यो। सन्तोष भट्टलाई ९५ हजार रुपैयाँ तथा राशिद खानलाई ५५ हजार रुपैयाँमा गोल्डेन्सले खरिद गर्यो।

महेन्द्रनगर युनाइटेडले करन केसी र आरिफ शेखलाई १ लाख ५० हजार खर्च गर्दा रोहित पौडेल र भुवन कार्कीलाई १ लाख रुपैयाँमा किन्यो। हरिशंकर शाहलाई ९५ हजार तथा अभिनाश कर्णलाई ८० हजार रुपैयाँमा किनेको टिमले आसिफ शेखलाई किन्न ५५,००० हजार खर्च्यो।

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, बिक्रम भुसाल, सुशन भारि र सिद्धान्त लोहनीलाई १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मुल्य पाए।

सोमपाल कामि रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले योगेन्द्र सिंह कार्की, ललित सिंह भण्डारी, सोनु तामांग र सुनिल धमलालाई १ लाख रुपैयाँमा किन्यो। राजेश पुलामीले ८० हजार मुल्य पाए भने शंकर राना र रबिन्द्र जंग शाही ५५ हजार रुपैयाँमा खरिद भए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy