डिपिएल अक्सन शनिवार हुँदै, पढ्नुस कति हुनेछ खेलाडीको मूल्य

  • विकेटनेपाल, पुष १८ , बुधबार 

यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको तेश्रो संस्करणको लागि खेलाडी अक्सन पुष २१ गते शनिवार काठमाडौँमा हुने भएको छ।

बुधबार डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस बिज्ञप्ति गर्दै अक्सनको मिति घोषणा गरेको हो। अक्सनको लागि २ सय ५ जना खेलाडीहरुले नाम दर्ता गराएको समेत एकेडेमीले बिज्ञप्तिमा बताएको छ।

डिपिएलमा एउटा टिमले १५ जना खेलाडीहरुलाई अनुबन्धित गर्नुपर्ने नियम रहेको छ। त्यसमध्ये २ जना ट्यालेन्ट हन्टबाट तथा २ जना बिदेशी खेलाडीहरु अनिवार्य समाबेश गर्नुपर्नेछ।

dhangadhi premier league dpl auction

धनगढी प्रिमियर लिगमा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन्। यो पटक सहभागी हुने टोलिहरुको नाम भने सार्वजनिक गरिएको छैन। गत संस्करण प्रतियोगिताको उपाधि सोमपाल कामि कप्तानीको धनगढी टिम चौराहाले जितेको थियो। यस अघि जस्तै ६ सहरको टोलिहरु सहभागी हुने प्रतियोगितामा कुल १९ खेल खेलिनेछन्।

कसरि हुनेछ अक्सन ? 

अस्कनको लागि नाम दर्ता गराएका खेलाडीहरुले आफ्नो न्युनतम मूल्य आफैले तोकेका छन् जुन रु. ३० हजार रुपैयाँबाट सुरु हुनेछ। खेलाडीको लागि बोलि न्युनतम ३० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म लाग्नेछ।

प्रतियोगिताको फर्म्याट 

टि-२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक/एक खेल खेल्ने छन् । लिग चरणमा शीर्ष चार टोली प्ले-अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिम बीच हुने पहिलो क्वालीफायर खेलको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

धनगढी प्रिमियर लिगले यो संस्करण पनि आफुलाई देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ। यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो। पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशि दिएको हुँदा यो पटक डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्नेछ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो। पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो। रुस्लान मुख्य प्रायोजक डिपिएलको तेश्रो संस्करण धनगढीको फाप्ला मैदानमा पहिलो पटक आयोजना गरिंदैछ। आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ।

डिपिएलको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। नेपाली घरेलु क्रिकेटमा योनै सर्वाधिक प्रायोजन रकम समेत रहेको छ।

पहिलो पटक डिपिएल फाप्ला मैदानमा :

धनगढी प्रिमियर लिगका यस सिजनका खेलहरु फाप्ला मैदानमा खेलाइने भएको छ। यसअघिका दुई सिजन खेलिएको धनगढीको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई भने वैकल्पिक मैदानमा तयार पारिने समेत आयोजकले बताएको छ। मैदान तयार गर्न १ महिना अघि देखिनै काम थाली सकीएको छ।

धनगढीमा अवस्थित ड्रिम फाप्ला क्रिकेट मैदानले अर्को ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो। निर्माण थालिएको केहि बर्ष बितेपनि पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै फाप्ला मैदानमा साना ठूला प्रतियोगिता खेलाईंदै आएको छ।

सन् २०१४ मा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट समेत फाप्ला मैदानमा संचालन भएको थियो। यस्तै सन् २०७४ को प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत सोहि मैदानमा खेलाईएको थियो।

हरेक बर्ष धनगढी प्रिमियर लिगको टिकट बिक्रिबाट संकलित रकम फाप्ला मैदानको निर्माणमा प्रयोग हुँदै आएको छ। यसबर्ष समेत टिकट बिक्रिबाट संकलित २० प्रतिशत रकम फाप्ला मैदानमा प्रयोग गरिने आयोजकले बताएको छ। प्रतियोगिताका लागि आयोजकले लिग चरणमा    रु.५०, प्ले अफमा रु.७० र फाइनलमा रु. १०० को टिकट जारी गर्नेछ।

बिनोद दास प्रतियोगिता निर्देशक 

धनगढी प्रिमियर लिगले राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान बिनोद दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियुक्त गरेको छ।

यस अघि डिपीएलको प्रतियोगिता निर्देशकको रुपमा सौरभ ओझा रहेका थिए। प्रतियोगिताको सुरुवात धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा संस्थापक समेत रहेका सुबास शाहीले गरे पनि उनि प्रतियोगितामा पर्दा बाहिर रहेर काम गर्ने गरेका छन्।

दासलाई नियुक्त गरेपछि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगिताको स्तर वृद्धि हुने विचार बिज्ञप्तिमा ब्यक्त गरेका छन् -“नेपाली क्रिकेटमा उहाँले हासिल गर्नुभएको अनुभवले तथा उहाँको निर्देशनमा प्रतियोगिताले थप उचाई लिने विश्वास लिएका छौं।”

डिपीएल निर्देशक भए पछि दासले प्रतियोगिताको स्तर देखि प्रतियोगिता दौरान र अघि बिभिन्न पक्षसंग समन्वयकर्ता लगायत सम्पूर्ण जिम्मेवारी समेत लिनेछन्।

 





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]