डीपिएलमा छक्का ! भएको बल समाउने दर्शकलाई यस्तो पुरस्कार

  • विकेटनेपाल, माघ-१० , बिहिबार 

अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याचगर्ने खेलाडीलाई नगर पुरस्कार प्रदान गर्ने भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडका बीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ।

सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ।

यस्तै खेलको दौरान छक्का प्रहार भएको बल समाउने दर्शकलाई १० हजार रुपैयाँ समेत  इन्सुरेन्सले प्रदान गर्ने छ। यस अघि एभरेस्ट प्रिमियर लिगमा १ हातले क्याच गर्ने दर्शकले ५० हजार पुरस्कार पाएका थिए। डिपिएलमा भने क्याच समात्न २ हात प्रयोग गरे पनि पाइनेछ। तर एउटा खेलमा एक जनाले मात्र क्याच गरे बापत पुरस्कार पाउनेछ। सोहि खेलमा एउटाले क्याच गरिसकेपछि दोश्रो पटक क्याच गरेमा भने दर्शकले पुरस्कार पाउनेछैन। यस अघि एभेरस्ट प्रिमियर लिगमा ३ जना दर्शकले १ हातले क्याच गर्दै ५० हजार रुपैयाँ जितेका थिए। 

‘हामी पहिलोपटक प्रतियोगितासँग जोडिएका छौं,’ अजोडका प्रमुख कार्यकारीअधिकृत कुमार बहादुर खत्रीले भने ‘खेलाडी, अफिसियल तथा दर्शकको बिमासँगै हामीले छक्का प्रहार गर्ने खेलाडीलाई दशहजार रुपैयाँ पनि दिने भएका छौं।’

सम्झौताअनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार पाउँनेछन्। क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए।

प्रतियोगिता आउन आधा महिना बाँकी रहँदा ८० प्रतिशत तयारीको काम सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएको थियो।

देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपालीक्रिकेटलाई व्यवसायिकबनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउन पनि आइसिसीको मान्यता आवश्यक पर्छ।

रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानितलागत ५ करोड रुपैयाँको लागतमाफाप्लाक्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देहीच्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्।

६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशीगरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।

टी–२० प्रारूपको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोलीप्ले–अफमापुग्नेछन्। त्यसमापहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजितहुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]