फाइनल खेलमा महेन्द्रनगरले पहिले ब्याटिंग गर्दै, यस्तो छ प्लेइंग एघार

धनगढी, फाल्गुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा शरद भेसावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुन लागेको फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडको सामना गर्दैछ। खेल १२:३० मा सुरु हुने तालिका रहेको छ।

बुधबार भएको पहिलो क्वालिफायर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको हो।

अर्कोतिर बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स बिरुद्द १ रनको रोमान्चक जितनिकाल्दै महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित काठमान्डौसँगको भिडन्त पक्का गरेको थियो। तर दोश्रो क्वालिफायर ठिक अगाडी आफ्नो मुख्य बलर अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध गरेको भन्दै काठमाण्डौले प्रतियोगिता बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो।

पहिलो एघार:

सिवाइसी अत्तरिया: दिपेन्द्र ऐरी (कप्तान), रित गौतम, कमल ऐरी, जितेन्द्र ठकुरी, सन्दिप जोरा, दिपेन्द्र रावत, भुवन कार्की, ज्ञानेन्द्र कुँवर, रामनरेश गिरि, सन्नी पटेल, जयकिशन कोल्सवाला

महेन्द्रनगर युनाइटेड:शरद भेसावाकर (कप्तान), आरिफ शेख, रोहित पौडेल, सागर ढकाल, दिलिप नाथ, कुशल मल्ल, अभिनास बोहरा, शाहब आलम, अमर सिंह रौटेला, मोहम्मद नाविद, आनन्द सुब्रमन्यम





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]