फाइनल खेलमा महेन्द्रनगरले पहिले ब्याटिंग गर्दै, यस्तो छ प्लेइंग एघार

धनगढी, फाल्गुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा शरद भेसावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुन लागेको फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडको सामना गर्दैछ। खेल १२:३० मा सुरु हुने तालिका रहेको छ।

बुधबार भएको पहिलो क्वालिफायर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको हो।

अर्कोतिर बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स बिरुद्द १ रनको रोमान्चक जितनिकाल्दै महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित काठमान्डौसँगको भिडन्त पक्का गरेको थियो। तर दोश्रो क्वालिफायर ठिक अगाडी आफ्नो मुख्य बलर अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध गरेको भन्दै काठमाण्डौले प्रतियोगिता बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो।

पहिलो एघार:

सिवाइसी अत्तरिया: दिपेन्द्र ऐरी (कप्तान), रित गौतम, कमल ऐरी, जितेन्द्र ठकुरी, सन्दिप जोरा, दिपेन्द्र रावत, भुवन कार्की, ज्ञानेन्द्र कुँवर, रामनरेश गिरि, सन्नी पटेल, जयकिशन कोल्सवाला

महेन्द्रनगर युनाइटेड:शरद भेसावाकर (कप्तान), आरिफ शेख, रोहित पौडेल, सागर ढकाल, दिलिप नाथ, कुशल मल्ल, अभिनास बोहरा, शाहब आलम, अमर सिंह रौटेला, मोहम्मद नाविद, आनन्द सुब्रमन्यम

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy