डीपीएललाई आईसीसीको मान्यता, के हुन्छ फाइदा ?

Dhangadhi Premier League
  • विकेटनेपाल – ३० फाल्गुन, बुधवार

आगामी चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने बहुप्रतिक्षित धनगढी प्रिमियर लिग डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट मान्यता प्राप्त भएको छ।

योसंगै आइसीसीबाट मान्यता प्राप्त गर्ने डिपिएल दोस्रो नेपाली घरेलु क्रिकेट प्रतियोगिता भएको छ। यसअघि एभरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो सिजनले समेत आइसीसीबाट मान्यता पाएको थियो। इपिएलले आईसीसीबाट मान्यता लिएबापत २० हजार डलर बुझाउनुपरेको थियो।

डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले बुधबार जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार आइसीसीले डिपिएलको दोस्रो सिजनलाई मान्यता दिएको छ र अब प्रतियोगितामा सहभागी कुनैपनि टोलिले बिदेशी खेलाडीलाई अनुबन्ध गर्न बाटो खुलेको छ। शाहीका अनुसार आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लाइभ हिचककद्वारा प्रेषित पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई डिपिएल-२ लाई आईसीसीको मान्यता रहेको संदेश पठाइसकेको छ।

२०१७ को डीपीएलमा ब्याटिंग गर्दै पारस खड्का

डीपीएलमा सहभागी ६ वटा टिमले अनिवार्य रुपमा २ जना बिदेशी खेलाडी टिममा राख्नैपर्ने नियम छ। आईसीसीको मान्यता बिना बिदेशी टिमहरुले खेलाडी पठाउदैनन् भने नेपाल क्रिकेट संघ नभएको अवस्थामा प्रतियोगिताले क्रिकेटको सर्वोच्च निकायको बैधानिकता पाउदैन।

डीपीएलले जारि गरेको बिज्ञप्तिमा आईसीसीलाई कति मूल्य तिर्नु पर्ने उल्लेख नगरिएतापनि विकेटनेपाललाई प्राप्त अनुसार ईपीएलले तिरेको २० हजार डलरनै डीपीएलले तिर्नुपर्नेछ तर डीपीएलले आईसीसीलाई २० लाख भन्दा कम मूल्यमा अनुमति दिन बिशेष अनुरोध गरेको छ।आईसीसीलाई डीपीएलले मूल्य कम गर्न पत्राचार गरिसकेको छ र आईसीसीको जवाफको प्रतिक्षामा डीपीएल रहेको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ। मान्यता दिए बापत लिने मूल्य नेपालकै क्रिकेट विकासको लागि खर्च गर्ने आईसीसीले ईपीएललाई मान्यता दिंदा बताएको थियो।

यो पनि पढ्नुस – डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

यसै बर्ष पुषमा सम्पन दोस्रो संसकरणको एभरेष्ट प्रिमियर लिगमा श्रीलंकन रास्ट्रिय क्रिकेटर फर्भेज महरुफ, हंगकंगका राष्ट्रिय टोलिका कप्तान बाबर हयात र अर्का खेलाडी अंशमन रथले सहभागिता जनाएका थिए। यस्तै आईपीएल खेलीसकेका खेलाडीहरु पुनित बिस्ट, योगेश नागर जस्ता खेलाडीहरु समेत ईपीएल खेलेका थिए भने पाकिस्तान र भारतका अन्य प्रतिष्ठित क्रिकेटरहरु समेत सहभागी थिए।

पारस खड्का कप्तानीको टिम चौराहा धनगढीले डीपीएल २०१७ को उपाधि जितेको थियो

डीपीएल-२ मा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढी गरी ६ टोलीले सहभागिता जनाउँदै छन्। प्रतियोगिताका टोलीहरुले फागुन ९ गते काठमाडौंमा भएको अक्सनबाट खेलाडीहरु अनुबन्ध गरिसकेका छन्। प्रत्येक टिममा एक रणनैतिक खेलाडीसहित दुई विदेशी खेलाडी पनि रहनेछन्।

अनुमानित ३ करोड लागत रहेको रुस्लान डीपीएल-२ को विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ जुन नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशी हो। तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउने आयोजकले जनाएको छ। गत वर्ष पहिलो संस्करणको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो। प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

डीपीएलको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १-१ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]