हिमाल डेन्टल डिपीएलको हाईजिन पार्टनर

  • विकेटनेपाल, माघ-१५ मङ्गलबार 

हिमाल डेन्टल रुस्लान धनगढी प्रिमियर लिग ( डिपीएल ) मा हाईजिन पार्टनर हुने भएको छ।

मङ्गलबार हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

नगद र अन्य शिर्षकमा गरि ७ लाख रुपैयाँ बराबरको सम्झौता दुवै बीच भएको हो। डेन्टलले रुस्लान डिपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ।

डिपीएल यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ।

डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।

टी-२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

टिम र रणनीतिक खेलाडीहरु –

धनगढी स्टार्स – सोमपाल कामि
महेन्द्रनगर युनाइटेड – शरद भेसावकर
बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल
सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यसवर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ।विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो।आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ।

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]