डीपीएललाई जगशक्तिको प्रायोजन

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ लाई जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले प्रायोजन गर्ने भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमी(डीसीए) का अध्यक्ष सुवास शाही र जगदम्बा ईन्टरप्राइजेजका सिनियर जनरल म्यानेजर जगतराज ढुंगानाले मंगलबार आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम जगदम्बाले आयोजक डीसीएलाई सह–प्रायोजन वापत् १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। गतवर्ष भएको डीपीएलको पहिलो संस्करणमा पनि जगशक्ति सह–प्रायोजकका रुपमा रहेको थियो।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जगदम्बाका सिनियर जनरल म्यानेजर ढुंगानाले डीपीएलले नेपाली क्रिकेटमा व्यवसायिकता भित्र्याएको भन्दै व्यवसायिक प्रतियोगिताबाट मात्रै खेलाडीहरुले आफूमा भएको क्षमता बाहिर ल्याउन सक्ने धारणा राखे।

‘डीपीएलले नेपाली क्रिकेटलाई व्यवसायिक रुपमा संस्थागत गरेको छ,’ ढुंगानाले भने, ‘लुकेर रहेका क्रिकेटका प्रतिभाहरुलाई बाहिर निकाल्न थप यस्ता प्रतियोगिताहरु देशमा हुन आवश्यक छ।’

यस्तै आयोजक डीसीएका अध्यक्ष शाहीले अघिल्लो संस्करणमा साथ दिएका प्रायोजकहरुले यस संस्करणमा पनि साथ दिएकाले आयोजकका हिसाबले त्यो आफूहरुको सफलता भएको बताए।

यो पनि पढ्नुस – डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

‘प्रायोजकलाई उनीहरुको लगानीको प्रतिफल दिनसक्नु ठूलो चुनौती हो,’ शाहीले भने, ‘गतवर्ष पहिलो संस्करणमा हामीलाई साथ दिएका प्रायोजकहरु पुनः यस संस्करणमा अझै ठूलो रुपमा सहयोग गर्न अगाडी आउनु हामीले सफलताका रुपमा लिएका छौं।’ प्रायोजकहरुको विश्वास र साथले मात्रै प्रतियोगिताअघि बढ्न सहयोग पुगेको बताउँदै शाहीले एसपीए कपको पहिलो संस्करण देखि रहेका प्रायोजकहरुले अहिलेसम्म पनि निरन्तर सहयोग गरिरहेको बताए। डीपीएललाई मुख्य प्रायोजन रुस्लानले गरेको छ।

रुस्लान डीपीएल–२ मा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी गरी ६ टोलीले सहभागिता जनाउँदै छन्। प्रतियोगिताका टोलीहरुले फागुन ९ गते काठमाडौंमा भएको अक्सनबाट खेलाडीहरु अनुबन्ध गरिसकेका छन्। प्रत्येक टिममा एक रणनैतिक खेलाडीसहित दुई विदेशी खेलाडी पनि रहनेछन्।

अनुमानित ३ करोड लागत रहेको रुस्लान डीपीएल–२ को विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ। जुन नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशी हो। तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउने आयोजकले जनाएको छ। गतवर्ष पहिलो संस्करणको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो। प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

डीपीएल दुईको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]