- विकेटनेपाल – ९ फाल्गुन, बुधवार
चैत्र ५ देखि १९ गते सम्म आयोजना हुने देशकै सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न अक्सन बुधबार भएको छ।
काठमाडौंमा सम्पन्न अक्सनमा केहि खेलाडीहरुले सर्वाधिक धनराशी बटुल्दा केहि खेलाडीलाई भने कुनै टोलीले पनि बोलि लगाएनन्। बुधवार सम्पन्न अक्सनमा बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बने।
बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।
धनगढी प्रिमियर लिगको बिजेताले घरेलु क्रिकेटकै सर्बाधिक रु २५ लाख, उपविजेताले १० लाख पाउनेछन्। यस्तै तेश्रो हुने टोलिले ३ लाख तथा चौथो हुने टोलिले २ लाख पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ।
डीपीएलमा देशभरका बिभिन्न शहरको प्रतिनिधित्व गर्ने ६ वटा टिम रहनेछन्। दिपेन्द्र सिंह ऐरी रणनीतिक खेलाडी रहने सीवाईसी अत्तरिया, बिनोद भण्डारी रणनीतिक खेलाडी रहने महेन्द्रनगर युनाइटेड, पारस खड्का रणनीतिक खेलाडी रहने बिराटनगर किंग्स, शक्ति गौचन रणनीतिक खेलाडी रहने रुपन्देही च्यालेन्जर्स, सोमपाल कामि रणनीतिक खेलाडी रहने टिम चौराहा धनगढी तथा ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहने काठमाडौँ गोल्डेन्स योपालि प्रतियोगिता खेल्नेछन्।
टिम | रणनीतिक खेलाडी | टिम मालिक |
सीवाईसी अत्तरिया | दीपेन्द्र सिंह ऐरी | क्रिएटिभ युथ क्लब अत्तरिया |
महेन्द्रनगर युनाइटेड | बिनोद भण्डारी | सुशील कुमार श्रेष्ठ |
बिराटनगर किंग्स | पारस खड्का | पारस लुनिया |
रुपन्देही च्यालेन्जर्स | शक्ति गौचन | सुरज उप्रेती |
टिम चौराहा धनगढी | सोमपाल कामि | राजकुमार श्रेष्ठ |
काठमाडौँ गोल्डेन्स | ज्ञानेन्द्र मल्ल | रमेश शिलवाल ( गोल्डेन गेट एजुकेसन नेटवर्क ) |