सर्बाधिक धनराशीको डिपीएलको खेलाडी दर्ता सुरु, इसेवा टिकेटिंग पार्टनर

  • विकेटनेपाल, २० पौष – बिहिबार 

यही चैत्र १७ गते देखि आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिगमा ‘इसेवा’ टिकेटिंग पार्टनरको रुपमा जोडिएको छ।

बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र ईसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। टिकेटिंग पार्टनर भएबापत इसेवाले खेलाडी दर्ता, टिकट वितरणको सम्पूर्ण जिम्मा लिनेछ।

धनगढी प्रिमियर लिगमा देशभरमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरुले भाग लिनेछन्। प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ।

यस्तै प्रतियोगिताको उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु धनगढीको एसएसपी क्रिकेट मैदानमा संचालन हुनेछ। खेल हेर्न दर्शकहरुले लिग चरणमा रु. ५०, प्ले-अफ चरणमा रु. ७० तथा फाइनल खेलमा रु. १०० को टिकट काट्नुपर्नेछ।

प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १-१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ। सहभागी ६ टिमले रणनीतिक खेलाडीको रुपमा १/१ खेलाडी अक्सन अगाडीनै चुन्नेछ जसले टिम चयन लगायत बिषयमा टिमलाई सहयोग गर्नेछ। रणनीतिक खेलाडीनै कप्तान हुनुपर्ने छैन।

१ रणनीतिक खेलाडी, २ विदेश खेलाडी १ ट्यालेन्ट हन्टबाट आउने खेलाडी तथा अन्य ११ खेलाडीहरु अक्सन मार्फत गरि एक टिममा १५ जना खेलाडी हुनेछन्।

खेलाडी दर्ता सुरु 

डिपीएल टि-२० को लागि खेलाडी दर्ता बिहिबार देखि सुरु भएको छ। रास्ट्रिय क्रिकेट टिमका उपकप्तान तथा डिपीएलकै टिम सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नाम दर्ता गर्दै खेलाडी दर्ता सुरु गरेका हुन्।

खेलाडीहरुले आफ्नो नाम दर्ता गर्न dpl.esewa.com.np मा गई सामान्य विवरण भरेपछि ‘बार कोड’ प्राप्त गर्नेछन् जसपछि आफ्नो नाम dplofficial.com वेबसाइटमा दर्ता गर्नुपर्नेछ। दर्ताको लागि ई-सेवा मार्फत रु. १ हजार भुक्तानी गर्नुपर्नेछ।

पुष २० गते देखि माघ २५ गते सम्म खेलाडीले दर्ता गर्न सक्नेछन्। नाम दर्ता भएका खेलाडीहरुलाई मात्र अक्सनमा समावेश गरिनेछ। अक्सन फागुन ५ गते आयोजना हुनेछ।

खेलाडीको बर्गिकरण यसरी 

दर्ता भएका खेलाडीहरुको बर्गिकरण ३ क्याटागरिमा गरिनेछ।

‘ए’ क्याटागरि रास्ट्रिय क्रिकेट खेलाडी जसले नेपालको लागि कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ र कम्तिमा पछिल्लो ३ बर्ष देखि रास्ट्रिय टिमको प्रतिनिधित्व गरेको छ।

‘बि’ क्याटागरि –  ‘ए’ क्याटागरिमा नपरेका सबै रास्ट्रिय खेलाडीहरु जसले उमेर समुहको लागि नेपालको लागि खेलीसकेका छन् अथवा रास्ट्रिय टिमको बन्दसत्रमा स्थान बनाईसकेका छन्।

सी’ क्याटागरि – कुनै पनि स्तरको रास्ट्रिय टिममा नपरेका खेलाडीहरु

अक्सनमा ‘ए’ क्याटागरिबाट ३ भन्दा बढी खेलाडीहरु टिमले लिन पाउनेछैन भने कम्तिमा २ जना खेलाडी ‘ए’ क्याटागरिबाट लिनुपर्नेछ। यस्तै ‘बी’ क्याटागरिबाट कम्तिमा ३ जना खेलाडी लिनैपर्नेछ भने ‘सी’ क्याटागरिबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ।

धनगढी क्रिकेट एकेडेमी अध्यक्ष सुबास शाही

धनगढी क्रिकेट सम्मान 

रास्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका १ जना पुर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका १ जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरूप १-१ लाख रुपैयाँ प्रदान गरिने डिपीएलले घोषणा गरेको छ।

धनगढी प्रिमियर लिग टि-२० को उपाधि गत बर्ष टिम पारस खड्का कप्तानीको टिम चौराहा धनगढीले जितेको थियो। फाइनलमा उसले शरद भेसावकर कप्तानीको बिराटनगर किंग्सलाई पराजित गरेको थियो।

भिडियो – 





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]