नेपालको युएई भ्रमणका कारण डिपिएलको मिति सर्यो

DPL 3
  • विकेटनेपाल – पौष १०, मंगलवार

यहि माघ १९ गतेबाट फाल्गुन ४ गतेसम्म आयोजना हुने भनिएको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को मिति सारिएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले मंगलावर प्रेस बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सारिएको जानकारी गराउनुभएको हो। पूर्व घोषित मितिमा नेपाल र संयुक्त अरब एमिरेट्स (युएई) बिच मैत्रीपूर्ण एक दिवसीय र टि-२० अन्तर्राष्ट्रिय शृंखला हुने भएपछि डिपिएलको मिति सर्न गएको हो।

नेपालले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय शृंखला युएई बिरुद्ध उसकै मैदानमा खेल्ने लागेको हो। नेपालले युएई भ्रमणका क्रममा टि-२० अन्तर्राष्ट्रिय समेत खेल्ने कार्यक्रम रहेको छ। युएई भ्रमणको अन्तिम मितिभने सार्वजनिक हुन बाँकी रहेको छ।

डिपिएलसंगै प्रतियोगिताको अनलाइन खेलाडी दर्ता र अक्सनको मिति समेत एक हप्ताका लागि पछाडी धकेलिएको छ। यसअघि गत पौष ४ बाट सुरुभएको खेलाडी दर्ता प्रक्रिया पौष १० गतेसम्म चल्ने र पौष १२ गते खेलाडी छनौट गर्न अक्सनको कार्यक्रम रहेको थियो।

मंगलावर प्रकाशित नयाँ मिति अनुसार तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग माघ २६ गतेबाट फाल्गुन ११ गतेसम्म आयोजना हुनेभएको छ। यस्तै खेलाडी दर्ताको समेत समय अवधि बढाएर पौष १७ सम्म लम्ब्याईएको छ। यसअघि पौष १२ गतेहुने भनिएको अक्सनभने नयाँ मिति अनुसार पौष १९ गते संचालन हुनेछ।

रुस्लान मुख्य प्रायोजक डिपिएलको तेश्रो संस्करण धनगढीको फाप्ला मैदानमा पहिलो पटक आयोजना गरिंदैछ जसको लागि खेलाडीहरुको चयन अक्सनबाट गरिनेछ।

यो पटक अक्सनमा सम्पूर्ण खेलाडीहरुलाई एकै वर्गमा समाबेश गरिने र खेलाडीले फर्म भर्दा रु. ३० हजार देखि २ लाख ५० हजारसम्म आफ्नो बेस प्राइस निर्धारण गर्न सक्ने डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले प्रेस बिज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ। यस अघिको संस्करण डिपिएल अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको थियो। यस्तै पोखरा प्रिमियर लिगको अक्सनमा पनि खेलाडीहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरिएको थियो।

अक्सनमा सहभागी हुन् फर्म भर्नको लागि आवेदकहरुले धनगढी प्रिमियर लिगको वेबसाइट dplOfficial.com लग इन गरि वेवसाइटमा फर्म भरि त्यहाँ दिईएको ई-सेवाको लिंक मार्फत फर्म शुल्क १ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]