काठमाडौँसंग रुपन्देहीको लज्जास्पद हार, डिपिएल इतिहासकै कमजोर ब्याटिंग

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोश्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

यो डिपिएल इतिहासकै सबै भन्दा फराकिलो जित हो। यसअघि काठमाण्डौ गोल्डेन्सले रुपन्देहीलाईनै प्रतियोगिताको पहिलो संस्करण २०१७ मा ९२ रनले पराजित गरेको थियो। त्यस्तै रुपन्देहीले बनाएको ३३ रनको योगफल डिपिएल इतिहासमै सबैभन्दा कम हो। यसअघि सन् २०१८ को डिपिएलमा सिवाइसी अत्तरिया बिरुद्द रुपन्देहीले पहिले ब्याटिंग गर्दै १५.२ ओभरमा ६१ रनमा सबै विकेट गुमाएको थियो जुन सबैभन्दा कम योगफल थियो।

जित पछि काठमाडौँ गोल्डेनस ४ खेलमा ३ जित र १ बराबरी अंक सहित कुल ७ अंक बटुली शिर्ष स्थानमा रहेको छ। रुपन्देही भने ४ खेलमा २/२ जित/हार पछि ४ अंकका साथ तेश्रो स्थानमा रहेको छ। दोश्रो स्थानमा ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ रहेको छ। चौथो स्थानमा रहेको महेन्द्रनगरको ४ अंक रहंदा १ जित, २ हार र २ बराबरी अंक रहेकोछ। ४ खेलमा १ जित, १ हार र २ बराबरी अंक बटुलेको बिराटनगर ४ अंक सहित पाँचौ स्थानमा रहेको छ भने धनगढी स्टार्सले ४ खेलमा ३ खेलमा हार र १ बराबरी अंक बटुल्दै १ अंकको साथ अन्तिम स्थानमा रहेको छ। स्टार्सको प्लेअफ पुग्ने सम्भावना सकीसकेको छ।

फाप्ला मैदानमा सम्पन्न खेलमा काठमाण्डौले दिएको १३४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.१ ओभर खेलेर मात्र ३३ रनमा समेटियो। रुपन्देहीको लागि सर्बाधिक धेरै रन (७ रन) अतिरिक्तको रुपमा पायो। उसको लागि सुमित महर्जनले ५ रन, प्रदिप ऐरीले ४ रन बनाउँदा ४ खेलाडीले समान ३ रन बनाए।

रुपन्देहीलाई सस्तैमा समेट्न काठमाडौंका नन्दन यादवले ३ विकेट (३.१-०-५-३), सुर्य तामांग र ललित राजबंशीले समान २/२ विकेट लिए। १/१ विकेट अंकित दबास र योगेन्द्र कार्कीले लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको योगफल तयार पार्यो। उसका गौरव तोमर मात्र ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए। उनले ८ बलमा १ छक्का प्रहार गरे।

दोश्रो विकेटको लागि अनिल शाह र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरे। मल्ल १२ रन (११ बल, २ चौका) र अनिल २३ रन (२६ बल, २ चौका, १ छक्का) मा आउट भए।

चौथो विकेटको लागि अंकित दबास र मेहबुब आलमले ३३ रनको साझेदारी गरे। आलम अनिल खरेलको दोश्रो विकेटको रुपमा ११ रन (१४ बल, १ छक्का) बनाएर आउट भए।

दबासले पाचौं विकेटको रुपमा आउट हुनुअघि योगेन्द्र कार्कीसँग २९ रनको साझेदारी गर्दै स्कोर १०० माथि पुर्याए। दबास ४३ रन (४० बल, १ चौका, ३ छक्का), बिक्रम भुसाल शुन्य रन (२ बल) तथा योगेन्द्र कार्की १३ रन (१४ बल) मा पेभेलियन फर्किए।

अन्त्यमा रशिद खानले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै टिमको स्कोरलाई अगाडी बडाए। नन्दन यादवले अन्तिम बलको सामना गर्दा शुन्य रनमा अविजित रहे।

बलिंगतर्फ रुपन्देहीको लागि युवा देब्रेहाते स्पिनर अनिल खरेलले किफायती बलिंग गर्दै ४ ओभरमा १९ रन खर्चिए। उक्त क्रममा उनले १ मेडन समेत राख्दै अनिल शाह र मेहबुब आलमलाई पेभेलियन फर्काए। त्यस्तै बिक्रम सोब (४-०-३०-२) र पुनित मेहरा (४-०-३९-२) ले समान २/२ विकेट लिँदा १ विकेट ललित भण्डारीको नाममा रह्यो।

काठमाडौं गोल्डेन्स १३३/७ (२० ओभर)(अंकित दबास ४३, अनिल खरेल २/१९, बिक्रम सोब २/३०) सँग रुपन्देही च्यालेन्जर्स ३३/१० (१५.१ ओभर)(नन्दन यादव ३/५, ललित राजबंशी २/४, सुर्य तामांग २/६) १०० रनले पराजित

प्रतियोगिता अन्तर्गत सोमबार बिहान ९ बजे धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स बीच खेल हुनेछ भने दिउसो १ बजे सीवाईसी अत्तरिया र बिराटनगर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy