डिपीएल ३ : महेन्द्रनगर बिरुद्ध रुपन्देहीको रोमान्चक जित

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत पहिलो दिन सम्पन्न प्रतियोगिताको दोश्रो खेलमा रुपन्देही च्यालेंजर्सले महेन्द्रनगर युनाइटेडलाई रोमान्चक २ रनले पराजित गरेको छ। यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डौ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो।

फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको ११२ रनको बिजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको महेन्द्रनगर युनाइटेडका लागि कप्तान शरद भेसावकरले ओपनिंग गरेका थिए। रुपन्देहीका ललित भण्डारीले दुईवटा वाइड बलमा चौका खर्चेपछी महेन्द्रनगरले पहिलो ओभरमा नै ११ रन बनाएको थियो।

पहिलो विकेटको रुपमा २० रनको योगफलमा आउट हुनुअघि शरदले ४ रन (९ बल) बनाए। त्यस्तै दिलिप नाथपनि ८ रन (१८ बल, १ चौका) को स्कोरमा आउट भए।

त्यसपछि सुब्रमन्यम आनन्दले २५ रन (३४ बल, १ चौका, २ छक्का), कुशल मल्ल ९ रन (१७ बल), आरिफ शेख ५ रन (५ बल) बनाए। त्यस्तै बलिंगतर्फ चम्केका सिद्धान्त लोहनी गोल्डेन डक भए। त्यो संगै १५.१ ओभरमा महेन्द्रनगरको योगफल ६६/६ पुगेको थियो।

सातौँ विकेटको लागि रोहित पौडेल र मुहम्मद नाविदले ३४ रनको साझेदारी गरे। जितबाट मात्र १२ रन टाढा रहेको बेला रोहित २४ रन (२१ बल, २ चौका, १ छक्का) बनाएर बोल्ड भए। लगत्तै नाविद पनि सोहि योगफलमा १२ रन (९ बल, १ चौका) हान्दै आउट भएका थिए। नाविद अन्तिम ओभरको पहिलो बलमा आउट भएका थिए।

अमरसिंह रौटेला र अभिनास बोहराले कृष्ण कार्कीले गरेको अन्तिम ओभरको अन्तिम ५ बलमा ९ रन मात्र बनाउन सके। रौटेलाले ६ बलमा ६ र बोहराले २ बलमा ३ रन बनाएर अविजित रहे।

बलिंगतर्फ बिक्रम सोबले ३ विकेट लिनेक्रममा ३ ओभरमा २४ रन खर्चिए। यस्तै पुनित मेहराले १३ रन खर्चेर २ विकेट लिँदा बसन्त रेग्मीले मात्र ८ रन खर्चिंदै किफायती बलिंग गरेर १ विकेट लिए। कृष्ण कार्की र ललित भण्डारीको नाममा १/१ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको रुपन्देहीले अन्तिम बलमा सबै विकेट गुमाउंदै सामान्य १११ रन बनाएको थियो। खराब सुरुवात गरेको उसका प्रदिप ऐरी मात्र ५ रनको स्कोरमा व्यक्तिगत १ रन (३ बल) बनाएर आउट भएका थिए।

Player of the match Bikram Sob

दोश्रो विकेटको लागि बाबर हयातले सन्दिप सुनारसँग मिलेर २४ रनको साझेदारी गरे। हयात व्यक्तिगत १४ रन (१३ बल, १ चौका, १ छक्का) बनाएर आउट भएका थिए।  लगत्तै सन्दिप सुनारपनि दुईरन लिने चक्करमा १५ रन(१८ बल, २ चौका) मा आउट भए।

त्यसपछि बिनोद भण्डारीले केहि उत्कृस्ट सटहरु प्रहार गर्दै पुनित मेहरासँग २२ रनको साझेदारी गर्दै टिमको स्कोर ५५ रन बनाएपछि भण्डारी र त्यसलगत्तै पुनित मेहरापनि ३ रनको स्कोरमा आउट भए आउट भए। भण्डारीले १९ रन बनाउँदा १६ बलमा १ चौका र २ छक्का प्रहार गरे।

पारीको अन्त्यतिर सुमित महर्जनले ३५ बलको सामना गर्दै २७ रन बनाए जसमा १ चौका र २ छक्का सामेल थियो। कप्तान बसन्त रेग्मी खाता नखोली सिद्धान्त लोहनीको बलमा बोल्ड हुँदा कृष्ण कार्की ४ रनमा क्याच भए।

बिक्रम सोबले अविजित १६ रन बनाउंदै १० बलमा १ चौका र १ छक्का हाने। पारीको अन्तिम बलमा ललित राजबंशी रन आउट भए।

बलिंगतर्फ सिद्धान्त लोहनीले ३ विकेट लिनेक्रममा ४ ओभरमा १९ रन खर्चिए। त्यस्तै अविनाश बोहरा (४-०-२०-२) र सागर ढकाल (३-०-१८-२) ले समान २/२ विकेट लिए।

खेलको प्लेअर अफ द म्याच बिक्रम सोब घोषित भए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]