डिपिएल – ३ को बिजेतालाई सर्वाधिक पुरस्कार राशी, प्रतियोगिताको सम्पूर्ण तयारि पुरा

  • विकेटनेपाल – २३ माघ, बुधवार

यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ( डिपिएल ) क्रिकेटको तयारि अन्तिम चरणमा पुगेको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।

प्रतियोगिता यसपटक धनगढी स्थित ड्रिम फाप्ला क्रिकेट मैदानमा खेलाइने छ। प्रतियोगिता संचलान गर्नका निमित्त आयोजकले फाप्ला मैदानमा ५ फरक प्रकृतिका पिच निर्माण भएको समेत जानकारी गराएको छ। यसअघि प्रतियोगिता संचालन गरिएको अंचल प्रहरी कार्यलयको क्रिकेट मैदानलाई भने आयोजकले बैकल्पिक मैदानका रुपमा  तयार गरेको छ।

यस्तै पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार खेल संचालनका लागि म्याच अफिसियहरुको टोलि समेत धनगढी पुगेको छ। केहि समय अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) बाट डिपिएल ३ ले मान्यता प्राप्त गरेको थियो।

रुस्लान मुख्य प्रायोजक रहेको धनगढी प्रिमियर लिग ( डिपिएल ) मा शहर केन्द्रित टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्।

बुधवार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार प्रतियोगिताको सद्भावना दुत घोषित भएका दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स समेत यहि माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ।

डिपिएलको पुरस्कार राशि घोषणा :

यसअघि नै सर्वाधिक धनराशीको प्रतियोगिता हुने बताइएको धनगढी प्रिमियर लिग ( डिपिएल )ले तेस्रो संस्करणको पुरस्कार राशि घोषणा गरेको छ।

तेस्रो सिजनको डिपिएल उपाधि जित्ने टोलीले नगद रु. ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले भने नगद रु. १२ लाख रुपैयाँ हात पार्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले जानकारी गराए। यस्तै प्रतियोगितामा तेस्रो हुने टोलिले नगद रु. ४ लाख तथा चौथो हुने टोलीले समेत नगद रु. २ लाख रुपैयाँ पाउँनेछन्।

धनगढी प्रिमियर लिग ( डिपिएल ) ले घोषणा गरेको यो घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशि समेत हो। यसअघि सर्वाधिक पुरस्कार राशिको रहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) को बिजेताले नगद रु. २७ लाख रुपैयाँ प्राप्त गरेको थियो।

मस्ट भ्याल्युएवल प्लेयरलाई सुनको जुत्ता : 

यस्तै प्रतियोगिताको गोल्डस्टार मस्ट भ्याल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता प्रदान गरिने छ। यसअघि अघिल्लो सिजन टिम चौराहा धनगढीका ललित सिंह भण्डारीले यो अवार्ड हात पारेका थिए।

धनगढी प्रिमियर लिग (डिपिएल) २ मा नेपाली घरेलु क्रिकेट इतिहासमा नै पहिलो पटक मस्ट भ्याल्युएबल प्लेयरलाई गोल्डेन बुट प्रदान गर्ने व्यवस्था थियो । यसका लागि आयोजकले किरन सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार सुज प्रतियोगिताको अधिकारिक फुटवेयर पार्टनरको रुपमा रहने सम्झौता गरेको थियो।

मस्ट भ्यालुएबल प्लेयर, टेक्निकल कमिटि र विकेटनेपालको (पब्लिक भोटिंग हेर्नुहोस्) मा प्राप्त भएको मतबाट निर्णय गरिएको थियो।

यसबाहेक समेत प्रतियोगितामा खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान रहेको छ । पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाख सहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]