दबाबमा सन्नी पटेलले उत्कृस्ट इनिंग खेल्दा , सिवाईसी अत्तरियाले जित्यो डिपीएल उपाधि

  • धनगढी, फाल्गुन ११ 

तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई सिवाइसी अत्तरियाले ३ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको छ। अत्तरियाले पहिलोपल्ट प्रतियोगिताको उपाधी जितेको हो, यसअघि भएका दुबै संस्करणमा टिम चौराहा धनगढी विजेता बनेको थियो।

पहिले ब्याटिंग गर्दै महेन्द्रनगरले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्यो। उपाधी जितेको अत्तरियाले ट्रफि सहित ३० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको महेन्द्रनगरले १२ लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको रोमान्चक क्षण

जितको लागि १६ बलमा २७ रन आवश्यक रहेको बेला सन्नी पटेलले अठारौँ ओभरको तेस्रो बलमा अभिनास बोहरालाई छक्का र चौथो बलमा बल चौका प्रहार गरेपछि अन्तिम २ ओभरमा अत्तरियालाई १२ बलमा १४ रन चाहिएको थियो। उन्नाइसौं ओभरको पहिलो बलमा सन्नीले एक रन लिएपछि कमल ऐरी स्ट्राइकमा पुगेका थिए।

उनलाई दोश्रो बलमा मोहम्मद नाविदले व्यक्तिगत ३ रनमा बोल्ड गरे। अब जितको लागि ९ बलमा १३ रन आबश्यक थियो। तेस्रो बल डट रह्यो भने चौथो बलमा जितेन्द्र ठकुरीले १ रन लिए। पाचौं बलमा सन्नी पटेलले चौका हाने भने अन्तिम बलमा १ रन लिए।

अन्तिम ओभरमा जितको लागि अत्तरियालाई ७ रनको आबस्यकता रह्यो। बलिंग गर्न आएका अभिनास बोहराले पटेलले १ रन दिएपछी जितेन्द्र स्ट्राइकमा आए। दोश्रो बलमा शरदले मिसफिल्ड गरेपछि ठकुरीले १ रन लिए। तेस्रो बल बोहराले योर्कर राखेपछि पुनः १ रन बन्यो। चौथो बलमा पनि १ रन लिएपछि अन्तिम २ बलमा ३ रनको आबस्यकता थियो।

पाचौं बलमा सन्नी पटेलले लंग-अफको माथिबाट उठाएर छक्का प्रहार गरेपछि अत्तरियाले पहिलोपटक डिपिएल-३ को उपाधी जित्यो। डिपीएलको पहिलो २ वटा संस्करणको उपाधि यस अघि धनगढी टिम चौराहाले जितेको थियो।

पटेल अविजित ४७ रन बनाउन २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने जितेन्द्र ठकुरी ४ बलमा ३ रनमा अविजित रहे। पटेलनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

अत्तरियाको ब्याटिंग

राम्रो सुरुवात गरेको उसको लागि ज्ञानेन्द्र कुँवर र जयकिशन कोल्सवालाले ५ ओभरमा ३१ रनको साझेदारी गरे। पारीको चौथो ओभरमा आरिफ शेखले मिड-अफमा जोल्सवालाको क्याच छोडेपछि छिट्टै विकेट लिने अवसर गुमेको थियो। कुँवर १३ बलमा १ चौका सहित ७ रन बनाएर अभिनास बोहराको बलमा बोल्ड भएका थिए।

मोहम्मद नाविदको स्थानमा फिल्डिंग गर्न आएका सिद्धान्त लोहनीले दोश्रो विकेटको रुपमा सन्दिप जोरालाई २ रनमा रन-आउट गराएका थिए। त्यसपछि कोल्सवाला पनि सागर ढकालको बलमा बाउन्ड्री लाइनमा समातिए। उनले ३० रन बनाउन २७ बलमा ५ चौका हाने। ४३ रनकै स्कोरमा कोल्सावाला आउट भएको २ बल पछी रित गौतम पनि खाता नखोली स्टम्प आउट भए।

१० औं ओभरको ५ औं बल नो-बल गरेपछि फ्री-हिटमा छक्का खाएका शाहब आलमले अन्तिम बलमा मिड-विकेटमा भुवन कार्कीलाई बोहराको हातबाट क्याच गराए। १० ओभरको समाप्तीमा टिमको स्कोर ५४/५ को अवस्थामा पुगेको थियो।

छैठौं विकेटको लागि कप्तान ऐरीले सन्नी पटेलसँग मिलेर ४० बलमा ३८ रनको साझेदारी गरे। ऐरीले १७ रन बनाउन १ चौका प्रहार गर्दा ३५ बलको सामना गरे।

बलिंगतर्फ मोहम्मद नाविद (४-०-१९-२) र सागर ढकाल (४-०-१७-२) ले समान २/२ विकेट लिँदा अभिनास बोहरा (३.५-०-३०-१) र शाहब आलम (४-०-२७-१) ले १/१ विकेट लिए।

महेन्द्रनगरको ब्याटिंग

टस जितेर पहिले ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको थियो।

महेन्द्रनगरको योगफललाई सम्मानजनक बनाउनको लागि कुशल मल्ल र दिलिप नाथले पाचौं विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीमा ५ चौका र २ छक्का प्रहार भएका थिए। कुशल मल्ल २५ रन (२२ बल, १ चौका, २ छक्का) बनाएर ९३ रनको योगफलमा र दिलिप नाथ ४३ रन (४१ बल, ५ चौका, १ छक्का) बनाएर ९७ रनको योगफलमा एक ओभरको अन्तरालमा आउट भए।

Dilip Nath batting

त्यसपछि आएका अमरसिंह रौटेला ११ बलको सामना गर्दै १ रनमा तथा अभिनास बोहरा कुनैपनि बलको सामना नगरी आउट भए।

नबौं विकेटको रुपमा ११९ रनको योगफलमा शाहब आलम र पारीको अन्तिम बलमा १२३ रनको योगफलमा दशौँ विकेटको रुपमा रोहित पौडेल २४ रन बनाएर आउट भए।

यसअघि पहिलो ७ बलमा नै ११ रन बनाएको महेन्द्रनगरका नाविद (१० रन, ५ बल, १ छक्का, १ चौका) आठौँ बलमा तथा १४ रनको योगफलमा सुब्रमन्यम आनन्द (२ रन, २ बल) रन आउट भए।

तेस्रो विकेटको लागि आरिफ शेखले आउट हुनुअघि ११ रन बनाउँदै दिलिप नाथसँग २७ रनको साझेदारी गरे। आरिफले १७ बलमा १ चौका हाने। त्यसपछि कप्तान शरद भेसावाकर आफुले सामना गरेको पहिलो बलमा रन लिन खोज्दा रन आउट भएका थिए।

बलिंगतर्फ दिपेन्द्र ऐरी (४-०-२४-२) र दिपेन्द्र रावत (२-०-११-२) ले समान २/२ विकेट लिँदा सन्नी पटेल (४-१-११-१) ले १ विकेट लिए। ५ खेलाडी रन आउट भए।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]